जनकपुर, १९ जेठ – जनकपुरबाट पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । प्रहरीले महोत्तरीको लोहारपट्टी नगरपालिका–८ भ्रमपुरा बस्ने २१ वर्षीय आजेजुल राईनलाई पक्राउ गरेको हो ।
२ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा खोज तलास गर्दै जाने क्रममा जिल्ला धनुषाका जनकपुर उप–महानगरपालिका–१७ बलौनी स्थित राम लोचन पासवानको आपँको बगैंचाबाट राईनलाई पक्राउ गरिएको हो ।
ज ४ प ३९३३ नम्बरको मोटरसाईकल रोकी बसेका डि.के. भन्ने आजेजुल राईनलाई शंकास्पद अवस्थामा फेला परेकोमो शरीर तथा मोटरसाईकल तलासी गर्दा अटोमेटिक पेस्तोल थान–१, म्यागजिन थान– ३ र पेस्तोलमा लाग्ने गोली राउण्ड– ५ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
राईन र मोटरसाईकल सहित नियन्त्रणमा लिई कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय धनुषा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

