पोखरीमा डुबेर ५ वर्षीय बालकको मृत्यु

spot_img

रौतहट,१४ वैशाख । रौतहटको दुर्गा भगवती गाउँपालिकामा पोखरीमा डुबेर ५ वर्षीय बालकको ज्यान गएको छ।

प्रहरीका अनुसार पिपराटोलका गौरीशंकर साह कलवारका छोरा कृष साह कलवार गत साँझ करिब ६ बजे घरबाट करिब १ किलोमिटर टाढा ब्रह्मस्थान नजिकैको पोखरीमा बेपत्ता भएका थिए।

बालक नुहाउने क्रममा डुबेको आशंका गरिएपछि इलाका प्रहरी कार्यालय गंगापिपराबाट प्रहरी टोली खटिएको थियो। खोजीका क्रममा उनलाई फेला पारेर तत्काल बागमती सेन्ट्रल अस्पतालमा पुर्‍याइएको भए पनि चिकित्सकले साँझ ७ बजे मृत घोषणा गरेका थिए।

मृतक बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

गर्मी बढ्दै जाँदा पोखरी, खोलानाला जस्ता जलाशय आसपास बालबालिकाको सुरक्षामा विशेष ध्यान दिनुपर्ने देखिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय