नेपालको ऐतिहासिक उपलब्धि : टि–ट्वान्टीमा वेस्ट इन्डिजमाथि १९ रनको जित

spot_img

काठमाडौं,१२ असोज । नेपाली क्रिकेटले इतिहास रच्दै पूर्व विश्वकप विजेता वेस्ट इन्डिजलाई टि–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा १९ रनले पराजित गरेको छ। यो जितसँगै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ।

शारजाह क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनायो। कप्तान रोहित पौडेलले ३८ रन, कुशल मल्लले ३० रन र गुलशन झाले २२ रनको योगदान दिए।

लक्ष्य पछ्याएको वेस्ट इन्डिज २० ओभरमा ९ विकेट गुमाएर १२९ रनमै रोकियो। नविन बिडैसीले २२ रन बनाए भने अमिर जांगोले १९ रन जोडे। तर नेपालका बलरहरूले सशक्त प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा ताने। कुशल भुर्तेलले २ विकेटसहित मात्र १७ रन खर्चे, जबकि दीपेन्द्रसिंह ऐरी, करण केसी, नन्दन यादव, ललित राजवंशी र रोहित पौडेलले समान १–१ विकेट लिए।

वेस्ट इन्डिजका बलर जेसन होल्डरले प्रभावकारी बलिङ गर्दै ४ ओभरमा २० रन खर्चेर ४ विकेट झारे तर टिमलाई जित दिलाउन सकेनन्।

यो जित नेपालका लागि विशेष छ, किनकि पहिलो पटक नेपाली टोलीले कुनै टेस्ट राष्ट्रलाई पराजित गर्न सफल भएको हो।

नेपाल र वेस्ट इन्डिजबीच दोस्रो खेल सोमबार र तेस्रो खेल मंगलबार हुनेछन्।

spot_img

ताजा अपडेट

लोकप्रिय