स्थानीयसँग विवादपछि सशस्त्रका डीएसपी हमाल बाहिनी तानिए

spot_img

जनकपुर,१४ वैशाख । सिरहाको बरियारपट्टी सीमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरीका डीएसपी विजय हमाललाई महोत्तरीस्थित बाहिनीमा तानिएको छ।

सशस्त्र प्रहरी बल नेपालका अनुसार स्थानीयसँग भएको विवाद र अन्य आरोपहरूको छानबिनका लागि उनलाई बर्दिबासस्थित छिन्नमस्ता बाहिनीमा सरुवा गरिएको हो। प्रवक्ता विष्णुप्रसाद भट्टले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

हुलाकी राजमार्ग अन्तर्गत बरियारपट्टी क्षेत्रमा भन्सार छली गरी ल्याइँदै गरेको डिजेल नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयबीच विवाद भएको थियो। सो क्रममा डीएसपी हमाल आक्रोशित रूपमा प्रस्तुत भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना थप चर्चामा आएको हो।

भिडियोमा उनी स्थानीयलाई “तिमीहरू तस्कर हौ” भन्दै आक्रोशित देखिन्छन् भने स्थानीयले पनि प्रतिवाद गर्दै भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोगबारे प्रश्न उठाएको देखिन्छ।

विवादपछि स्थानीयहरूले शिवकुमार यादवलाई घटनास्थलमा बोलाएका थिए। उनले सम्पूर्ण स्थानीयलाई तस्कर भन्नु अनुचित भएको भन्दै घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।

यसैबीच, सशस्त्र प्रहरी सिरहाका एसपी सुमनजंग थापाले स्थानीय र प्रहरीबीचको विवादका कारण डीएसपी हमाललाई प्रदेश बाहिनी–२ मुख्यालयमा तानिएको पुष्टि गरेका छन्।

घटनापछि स्थानीयवासीहरूले सम्बन्धित प्रहरीमाथि आवश्यक कारबाहीको माग गर्दै आएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय