काठमाडौं,०९ वैशाख । कक्षा १२ को परीक्षा तोकिएको मितिमा सञ्चालन गर्ने कि नगर्ने भन्ने बारेमा निर्णय लिन राष्ट्रिय परीक्षा बोर्ड आज बैठक बस्ने भएको छ। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले उक्त बैठकले परीक्षा तालिका यथावत् राख्ने वा स्थगित गर्नेबारे अन्तिम निर्णय लिने जानकारी दिएका छन्।


कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरु भएर २४ गतेसम्म चल्ने तालिका सार्वजनिक भइसकेको छ। तर, हाल देशभर शिक्षाहरूको आन्दोलन जारी रहेकाले परीक्षा समयमै हुने कि स्थगित हुने भन्नेमा अन्योलता देखिएको छ।
शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षकहरू राजधानीको माइतीघर–बानेश्वर क्षेत्रमा गत चैत २० देखि लगातार प्रदर्शनमा छन्। सरकार र शिक्षक महासंघबीच पटक–पटक वार्ता भए पनि हालसम्म कुनै ठोस सहमति जुट्न सकेको छैन।

यसैबीच सोमबार शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्, जसले यो विषय झनै जटिल बनाएको छ।