नयाँ पुस्ताको लहर बुझ्न नसक्दा पराजय—रेशम चौधरी

spot_img

काठमाडौं,१४ वैशाख । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले हालैको निर्वाचन परिणामबारे गम्भीर समीक्षा गर्दै पार्टीको कमजोरी स्वीकार गरेका छन्।

उनले स्पष्ट एजेन्डा र कार्यदिशा हुँदाहुँदै पनि त्यसलाई आधुनिक ढंगले जनतासमक्ष प्रस्तुत गर्न नसक्नु नै पराजयको मुख्य कारण भएको बताए। नयाँ पुस्ताको बढ्दो अपेक्षा र पुराना दलप्रतिको असन्तुष्टिका कारण मतदाता परिवर्तनतर्फ आकर्षित भएको उनले उल्लेख गरे।

चौधरीका अनुसार ‘बालेन सरकार’ जस्ता नाराले जनताको ध्यान तान्दा पनि आफ्नो पार्टीले प्रभावकारी चुनावी रणनीति र विकासका मुद्दा स्पष्ट रूपमा बुझाउन सकेन। साथै, आफ्नै उम्मेदवारी खारेज हुनु र पार्टीभित्रको आन्तरिक विवादले पनि नतिजामा नकारात्मक असर पारेको उनले स्वीकार गरे।

थरुहट र मधेसका मुद्दामा आफू दृढ रहेको जनाउँदै उनले पार्टीका केही नेताहरू व्यक्तिगत स्वार्थका कारण अन्य दलतर्फ गएकोमा असन्तुष्टि व्यक्त गरे। उनले पहिचानसहितको संघीयता र समुदायमुखी समाजवादको एजेन्डा आफ्नो पार्टीले उठाउँदै आएको दाबी पनि गरे।

राजनीतिमा नयाँ पुस्ताको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उनले पुराना नेताहरूलाई मार्गदर्शकको भूमिका निर्वाह गर्दै नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्न सुझाव दिए।

वर्तमान राजनीतिक परिवेश बदलिएको र मतदाता सचेत बन्दै गएको उल्लेख गर्दै उनले नयाँ सोच र कार्यशैली नअपनाए राजनीतिक अस्तित्व जोगाउन कठिन हुने चेतावनी दिएका छन्।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको वर्तमान सरकारप्रति जनताको ठूलो अपेक्षा रहेको भन्दै उनले परिणाममुखी काम गरेर देखाउन चुनौतीसमेत दिएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय