रूकुम घटनाकाे जनकपुरमा विराेध

spot_img

जनकपुर : अन्तरजातिय प्रेम सम्बन्धका कारण रूकुममा भएकाे नंरसंहारकाे जनकपुरमा पनि विराेध भएकाे छ ।  राष्ट्रिय दलित पत्रकार संघ घनुषाले मंगलबार साँझ जनकपुरमा रूकुम घटनामा दिवंगत भएकाहरूकाेे सम्झनामा दिप प्रज्वलन गरेकाे छ ।

दिप प्रज्वलन समाराेहमा सहभागी भएका प्रदेश नं.२ का साँसदद्वय परमेश्वर साह र रामआशिष यादवले रूकुम घटनालाइ सामाजिक नरसंहारकाे संज्ञा दिँदै विराेध गरेका थिए ।

सरकारद्वारा गठन भएकाे छानबिन समितीले निष्पक्ष छानबिन गरी दाेषीलाइ कडा भन्दा कडा कारबाही हुनुपर्ने माग गरेका थिए ।

घटनाको यर्थाथ कुरा राज्यलाई थाहा हुँदाहुँदै पनि सरकारले गम्भीरता नदेखाउनु हामी सबैको लागि दुर्भाग्य हाे, साँसदद्वयले भने ‘अपराधको विरुद्धमा दलित, मधेशी, अल्पसंख्यक मात्र होइन, सबै मिलेर लड्नु पर्छ । ’

spot_img

ताजा अपडेट

लोकप्रिय