जनकपुर : आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ ।
विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको थियो । त्यसको चौतर्फी आलोचना भएपछि विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो ।
यता जनकपु उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी मार्फत अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्रमा लकडाउनको कारणले बजार व्यवसायीहरु समस्याग्रस्त रहेको अवस्थामा कर बुझाउने नितिले व्यवायीहरु समस्यामा पर्ने जिकिर गरिएको छ ।
अहिले सरकारले लिएको नितिको कारणले निजि क्षेत्रको व्यवसायी चेपुवामा पर्ने जनाइएको छ।
जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साहले सरकारको अहिलेको कर तिर्ने कार्यले निजि व्यवसायीहरु समस्यामा परेको र अहिले कर तिर्न समेत समस्या हुने जिकिर गर्नुभयो ।
सरकारले नितिमा परिमार्जन नगरेको खण्डमा आफुहरु वाध्य भएर आन्दोलनमा जाने चेतावनी दिनुभयो ।

