spot_img

कोरोना संक्रमित भेटिएपछि कोहलपुर शिक्षण अस्पताल सिल

spot_img
spot_img

नेपालगञ्ज, २७ जेठ — कोरोना संक्रमित भेटिएपछि नेपालगञ्जस्थित कोहलपुर शिक्षण अस्पताल सिल गरिएकाे छ ।   शिक्षण अस्पतालमा उपचार गराउन पुगेका विरामीमा कोरोना भाइरस पोजिटिभ देखिएपछि कोहलपुर मेडिकल कलेज शिक्षण अस्पताल सिल गरिएको हो ।

सोमबार अछामबाट उपचारका लागि कोहलपुर आएकी एक महिलामा कोरोना संक्रमण देखिएको छ । महिलाको आन्द्रामा समस्या देखिएपछि हेलिकप्टरमार्फत उनलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर ल्याईएको थियो ।

कोहलपुरमा उपचार गराईरहेकी महिलाको कोरोना परीक्षण गर्दा संक्रमण देखिएको अस्पतालका उप निर्देशक डा. दिनेश श्रेष्ठले जानकारी दिनुभयो । बिरामीमा संक्रमण देखिएपछि बिरामीको उपचारमा संलग्न डाक्टर, नर्स र सहयोगी सहित १४ जनालाई क्वारेन्टाइनमा राखिएको र अस्पताललाई पूर्ण रुपमा सेनिटाईज नगर्दासम्म सिल गरिएको डा. श्रेष्ठले जानकारी दिनुभयो ।

१८ हप्ताको गर्भवती समेत रहेकी ति महिलाको आन्द्रामा समस्या रहेकाले अप्रेशनको तयारी गरिएको डा. श्रेष्ठले जानकारी दिनुभयो ।

spot_img

ताजा अपडेट

लोकप्रिय