नेपालगन्ज: नेपालगन्ज मेडिकल कलेजका सह–निर्देशक डाक्टर नितेश कनोडियाले कोरोनाबाट मृत्यु भएका नरैनापुरका युवकको घर बनाइदिने भएकाछन् ।
उनले कोरानाबाट मृत्यु भएका नरैनापुर गाउँपालिका–५, नयाँबस्तीका युवकको परिवारका लागि एक लाख रुपैँया दिने भएका छन् ।
बिहीबार नरैनापुर पुगेर उनले सहयोग स्वरुप युवकको परिवारलाई एक लाख रुपैँया सहयोग गर्ने घोषणा गरेका हुन् ।
घर परिवार चलाउनकै लागि युवक कामका लागि भारत गएको बताउँदै उनले युवकको घर बनाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन् ।
तर, मेडिकल कलेजले घर बनाइदिने भएपछि साेही मेडिकल कलेजमा कार्यरत कर्मचारीहरूले भने ”घर बनाइदिनु सराहनीय काम हाे तर आफ्नै घरको परिवार भोकै हुँदा घरका परिवारलाइ पहिला प्राथमिकता दिँदा राम्रो हुन्थियो कि ?” भन्दै गुनासो पोखे ।
नाम उल्लेख नगर्ने सर्तमा मेडिकल कलेजका कर्मचारीले भने ‘हामीले दुइ महिनादेखी तलब पाएका छैनाै । अनि मेडिकल कलेजले मृतकका लागि घर बनाइदिदै छ । पैसा बाँड्दै हिँडेकाे छ । याे हामी माथि अन्याय हाे । ”
मृतकका आफन्तलाइ घर र पैसा सहयाेग गर्दै हिँड्ने प्रबन्धककाे अस्पतालमा काम गर्ने चिकित्सहरूले समेत लामाे समयदेखि तलब भुक्तानी नपाएकाे अवस्था छ ।
काेराेनाभाइरसकाे महामारीका बेला उपचारका लागि आउने बिरामीहरुको कोरोन जाँच नगरी भर्ना लिदा आफुहरु असुरक्षित भएको पनि गुनासो पोखे । साथै महामारीका बेला कुनै प्रकारकाे सुरक्षा सामाग्री मेडिकल कलेजले उपलब्ध नगराउँदा आफुहरु झन् असुरक्क्षित महसुस गरिरहेको बताए ।
बाहिर समाजसेवा गर्दै हिँड्ने मेडिकल कलेज / अस्पतालका प्रबन्धले भने आफ्नै संस्था भित्रका कमीकमजाेरीलाइ मध्यनजर गर्न सकेका छैनन् ।




