नेपालगन्ज: नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरू व्यवस्थापन विरूद्ध उत्रिएका छन् ।
विगत लामाे समयदेखि कर्मचारीहरूलाइ तलबभत्ता नदिएकाे मेडिकल कलेजका प्रबन्धले बाहिर समाजसेवाका नामम रकम बाँड्दै हिँडेकाे समाचार पाएपछि कर्मचारीहरू आन्दाेलनमा उत्रिएका हुन् ।
तलबभत्ता नपाएका कर्मचारी जिल्ला प्रशासन कार्यालय बाँकेमा उजुरी समेत दर्ता गराएकाे खबर छ ।
नेपालगन्ज मेडिकल कलेज अन्र्तगत तीन वटा कर्मचारी संघ, संगठन छन् । कर्मचारी संघ, कर्मचारी संगठन र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन रहेका छन् । सबै संगठनले विज्ञप्ती निकालि रहेका छन् ।
कर्मचारी संघका सभापति यमबहादुर खड्का, कर्मचारी संगठनका कार्यबाहक सभापति मुस्लिम खान र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनका अध्यक्ष मुनीर खानले विज्ञप्ती प्रकाशित गरी तलब सुबिधा नपाएको जनाएका छन् ।
कर्मचारी यूनियनहरुले उजुरी हालेपछि श्रम तथा रोजगार कार्यालय बाँकेले २०७७ जेठ १४ गते नेपालगन्ज मेडिकल कलेजलाई पत्र समेत पठाएको छ । पत्रमा भनिएको छ ‘नेपाल राजपत्रको भाग ५ मा प्रष्ट व्यवस्था भएको हँुदा त्यस प्रालि अन्र्तगत कार्यरत कर्मचारीहरुको लकडाउन अवधिभरको विदालाई सार्वजनिक विदा कायम गरी नेपाल सरकारको निर्णय बमोजिमको पारिश्रमीक उपलब्ध गराउनु ।’
सबै निर्देशनको अवज्ञा गर्दै नेपालगन्ज मेडिकल कलेजले सार्वजनिक विदा समेत नदिई कटौती गरिदिएको, कतिपयको तलब नै काटिदिएको, तलब नदिएको, भत्ता नदिएको कर्मचारीहरुले बताएका छन् ।




