spot_img

बर्दियाकाे बढैयातालमा २५ सिटको आइसोलेसनमा ४२ जना संक्रिमत

spot_img
spot_img

बर्दिया — बढैयातालको शारदा उमाविमा २५ सिटको आइसोलेसन बनाइएको थियो । तर बुधबार मात्रै एकैदिन २६ जना संक्रिमत देखिएपछि थप आइसोलेसन बनाउनका लागि चुनौती देखिएको उपाध्यक्ष दिपा गौतमले बताइन् ।

उनका अनुसार उक्त आइसोलेसनमा पहिला नै १६ जना बस्दै आएका छन् ।

जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीले क्वारेन्टाइनमा व्यवस्थित तरिकाले नबस्दा संक्रमण बढेको बताउँछन् ।

यता भने आरडीटी जाँच गरी घर फर्काइएका बढैयाताल गाउँपालिका–१ र २ का २६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनीहरुलाई जेठ २९ गते क्वारेन्टाइनबाट घर फर्काइएको थियो । जेठ ३१ गते स्वाब संकलन गरी नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा पीसीआर जाँच गर्दा उनीहरुमा बुधबार बिहान कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

संक्रमितमध्ये एक जना स्वास्थ्य चौकी प्रमुख हुन् । उनी क्वारेन्टाइनमा बस्नेहरुको स्वास्थ्य अवस्था बुझ्न जाने गरेका थिए । स्वास्थ्य कार्यालय बर्दियाले क्वारेन्टाइनमा रहेका उनीहरुको पीसीआर जाँच नगरेपछि आरडीटी गरी घर पठाइएको थियो । संक्रमण पुष्टि भएका व्यक्तिहरु परिवारसँगै बस्दै आएका थिए ।

यसरि स्वास्थ्य कार्यालयको लापरबाहीले समुदायमा कोरोना फैलने सम्भावना उच्च बनेकाे देखिन्छ।

spot_img

ताजा अपडेट

लोकप्रिय