नेपालगन्जका अटो चालकहरु आन्दोलिनमा अाेर्लिएका छन् । संकमणकाे जाेखिमलाइ ध्यानमा रखेर प्रहरीले रिक्सा चलाउन रोकेपछि नेपालगन्जका अटो चालकहरु आन्दोलत बनेका छन् । सरकारले भाडाका सवारी साधन चलाउन नपाउने निति बनाए अनुसार प्रहरीले अटोरिक्सा संचालनमा राेक लगाएपछि उनिहरु आन्दोलनमा उत्रिएका हुन ।
रिकसा चालकहरुले बुधबार दिउँसो करिब १५ मिनेट सडक अवरुद्ध गरी आन्दोलन गरेका थिए । विपि चोकमा भेला भएका अटो मजदुरहरुले बाटो बन्द गरी आन्दोलन गरे पछि जिल्ला प्रहरी कार्यालय र रिक्सा चालक बिच वार्ता भएपछि बाटो खुलाइएको थियाे ।




