नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएका थप एकजनामा काेराेना पुष्टि भएकाे छ ।
मंगलबार राति मृत्यु भएकी ४३ बर्षिया महिलामा बुधबार कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरका सह निर्देशक डाक्टर नितेश कनोडियाका अनुसार, मृत्यु भएकी महिला कैलाली लम्की नगरपालिका २ की हुन् ।
टाउकोमा चोट लागेपछि उनी गएको जेठ ३१ गते अस्पतालमा भर्ना भएकी थिइन् । उनको आइसीयुमा राखेर उपचार भइरहेको थियो ।
योसँगै दुई दिनको अवधिमा मेडिकल कलेजमा मृत्यु भएका दुई महिलामा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको हो ।
नको शव मेडिकल कलेजमै राखिएको र व्यवस्थापनका लागि सरोकारवाला छलफलमा जुटेका छन् ।
मृतकमा काेराेना पुष्टी भएपछि अस्पताल सिल हुने सम्भावना बढेकाे स्थानियहरूकाे भनाइ छ ।




