बाँकेमा १४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणका क्रममा दुई जना महिला सहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितहरु राप्तीसोनारी र बैजनाथ गाँउपालिकाका हुन ।
भेरी अस्पतालले शुक्रबार बेलुका सार्वजनिक गरेको विवरणमा राप्तीसोनारी गाँउपालिका ३ का डेढ वर्षिय बालिकासहित ४० वर्षिय पुरुष तथा ८ नं. वडाका १९ देखी ५० वर्ष उमेर समुहका ५ जना पुरुषमा कोरोना संक्रमण देखिएको बताईएको छ । त्यसैगरी बैजनाथ गाउँपालिका २ का दुई पुरुष, ३ का दुई पुरुष, ५ का एक महिला र एक पुरुष तथा वडा नं. ६ का ९ वर्षिय बालकमा कोरोना संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।




