spot_img

बाँकेमा कोरोना संक्रमित गर्भवती महिलाको सफल शल्यक्रिया

spot_img
spot_img

बाँके । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा कोरोना संक्रमित महिलाको सफल शल्यक्रिया गरिएको छ।

भीम अस्पताल भैरहवाबाट सिफारिस भएर आएकी जटिल प्रसव समस्याले ग्रसित महिलाको शल्यक्रियामार्फत छोरी जन्मिएको अस्पतालका सहनिर्देशक डा नितेश कनोडियाले जानकारी दिए।

उनका अनुसार कृष्णनगर कपिलवस्तुकी २७ वर्षीया संक्रमित गर्भवतीको आकस्मिक शल्यक्रिया गरिएको हो। अहिले आमा र नवजात शिशुको सामान्यावस्था छ।

जटिल अवस्थामा रहेकी महिलालाई डा। कविता सिन्हा, डा। रवीन श्रेष्ठ, डा। राजेश केसी, डा। अमरेन्द्र कुशवाह र नर्सिङ स्टाफ संगीता गिरी, सरस्वती श्रेष्ठ र पवित्रा विष्टको टोलीले सफल शल्यक्रिया सम्पन्न गरेको जनाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रोस्तरको कोरोना अस्पताल तोकेर जिम्मेवारी दिएपछि शिक्षण अस्पताल कोहलपुरले अछामकी २५ वर्षीया कोरोना संक्रमित १८ हप्ताकी गर्भवतीको ठूलो आन्द्राको शल्यक्रिया गरेर कोरोना अस्पतालको काम शुरु गरेको थियो। अस्पतालमा कोरोना संक्रमित तीन जनाको उपचार भइरहेको अस्पतालका सहनिर्देशक डा। कनोडियाले बताए। रासस

spot_img

ताजा अपडेट

लोकप्रिय