जनकपुर : धनुषामा टिप्परकाे ठक्करबाट एक जनाकाे ज्यान गएकाे छ ।
धनुषाधाम नगरपालिका वडा नं. ८ मुलाबारी स्थित स्थानीय एक युवकलाई ठक्कर दिएपछि आक्रोसित स्थानीयहरुले ट्रिपरमा आगो लगाएका छन् ।
दैनिक उपभोग्य वस्तु खरिद गर्न गईरहेको बेला ३९ बर्षय को दिनेश साहलाइ ना ८ ख ८३९३ नम्बरको ट्रिपरले ठक्कर दिएको स्थानीयहरुले बताएका हुन् ।
मिथिला नगरपालिका वडा नं. ४ वडा घर भएका टिफर का मालिक सत्यनारायण महतो रहेका छन् भने चालक ट्रिपरको साँचो लिएर समेत फरार भएको छ ।
धनुषाधामबाट भिमान मुलाबारी तर्फ जाँदै गरेको टिफर पछाडिबाट युवक लाइ ठक्कर दिएर गम्भिर घाईते बनाएपछि स्थानीयहरुले टिपरमा आगजनी गरेका हुन् । त्यस पछात धनुषाधाम नगरपालिकाको बारुण यन्त्रद्धारा आगो नियन्त्रणमा लिइएपनि त्यतिबेलासम्म ट्रिपर अधिकांश भन्दा बढी जलिसकेको थियो।
स्थानीय वासीका अनुसार चालकले ठक्कर दिएपछि घाईतेलाई पुन दोहरयाएर कुल्चिएर घाईते बनाएको छ ।
घाईते युवकको टाउको आँखामा गम्भिर चोट सहित छाति र हड्डी समेत भाँचिएको छ ।
घाईते उपचारका लागि प्रदेशिक अस्पताल जनकपुरधाम लगियो त्यसपछि युवको अवस्था नाजुक देखा परेपछि थप उपचारको लागि काठमान्डौं पठाउने तयारी भईरहेको जनाइएका छन्।

