जनकपुर : आफ्नो जग्गा कब्जा गरेको र कुट्टीमाँ तोड़फोड़ गरेको भन्दै नुनिया समाज जनकपुरले मंगलबार यहाँ प्रदर्शन गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं ४ मा रहेको नुनिया समाजको कुट्टीमा तोडफोड गरि जग्गा कब्जा गर्न थालेपछि समाज प्रदर्शनमा उत्रिएको हो ।
महाविर मन्दिर तोडफोड गरि व्यक्तिगत रुपमा जमिन कब्जा गरेको विरोधमा कुट्टीबाट समाजसहित साधुसन्तले विरोध जुलुस निकालेर नगरको विभिन्न भागको परिक्रमा गरेका थिए ।
विरोध जुलुस पछि जिल्ला प्रशासन कार्यालय घेराउ गरी ज्ञापन पत्र बुझाउन पुगेका बेला प्रहरीले अवरोध गरेपछि केहि वेर तनाव समेत उत्पन्न भएको थियो ।
केहि साधुसन्तलाई प्रहरीले धक्का दिएपछि प्रदर्शनकारीहरुले जिल्ला प्रशासन कार्यालयमै ढुंगामूढा सुरु गरेका थिए ।
विवाद साम्य भएपछि समाजले प्रमुख जिल्ला अधिकारी हारीम निरौलाई भेटेर ज्ञापन पत्र बुझाए ।
विरोध प्रदर्शनमा स्थानियवासीका साथै साधु सन्तहरु समेत सहभागिता रहेको थियो ।
जमिन कब्जा तत्काल नरोकिए र मन्दिर पुर्ननिर्माण तथा क्षतीपुर्ती नदिए देशभरि आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

