नेपालगन्ज — बाँकेमा एक महिलासहित २३ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका छन् ।
राप्तीसोनारी गाउँपालिका ७ स्थित नेरा मावि आइसोलेसनबाट राप्तीसोनारी ७ का एक महिलासहित ११ जना, कोहलपुर नगरपालिकास्थित पिपरी आइसोलेसन केन्द्रबाट कोहलपुरका ४ र खजुराका २ पुरुष तथा नेपालगन्जस्थित लायन्स डेन्टल आइसोलेसन केन्द्रबाट खजुरा र नेपालगन्जका ३/३ जना पुरुष निको भई डिष्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
यो संगै बाँकेमा कोरोना निको भई डिष्चार्ज हुनेको संख्या २ सय ९२ पुगेको छ ।
हालसम्म बाँकेमा ३ सय ५० जना संक्रमितमा कोरोनाका कारण २ जनाको ज्यान गएकाे छ ।





