spot_img

बाँकेका महिला पत्रकारलाइ पूर्वमन्त्री राईले बाँडे राहत

spot_img
spot_img

नेपालगन्ज — बाँकेमा महिला पत्रकारलाइ पूर्व शहरी विकास मन्त्री मोहम्मद इस्तीयाक राईको सहयोगमा राहत बितरण गरिएकाे छ ।

विभिन्न जिल्लाबाट आई बाँकेमा पत्रकारीता गरिरहेका क्रियासील महिला पत्रकारलाई दैनिक उपभोग्य खाद्य सामग्री र एन नाईन्टी फाईब माक्स वितरण गरिएको क्रियाशिल पत्रकार महिला समुह बाँकेका अध्यक्ष अमृता केसीले जानकारी दिनुभयो ।

कोभिड १९ का कारण भएको लकडाउनका कारण समस्यामा परेका पत्रकार महिलालाई लक्षित गरी राहत सामाग्री वितरण गरीएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

आफूहरुलाई परेको समस्याका बेला पाएको खाद्यान्न सामाग्रीले धेरै राहत पुग्ने महिला पत्रकारहरुको भनाई छ । आफूहरुलाइ अप्ठ्यारो परिस्थीतीमा क्रियासील पत्रकार महिला बाँकेले समन्वयन गरी प्राप्त गरेको सहयोग प्रति पूर्व मन्त्री राईलाइ धन्यवाद समेत दिएका छन् । राहत सामाग्री अध्यक्ष केसी र पुर्व शहरी विकास मन्त्री राईका भाई कामरान राईले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएका थिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय