धनुषा: धनुषाको हँसपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७-०७८ का लागि ९० करोड १६ लाख ७४ हजार रुपैयाँको विनयोजन बजेट ल्याएको छन्।
नगरसभामा उप-प्रमुख रेणु झाले बजेट प्रस्तुत गरेकी छिन् भने नगरप्रमुख रामज्ञान मण्डलले नगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
यस नगरपालिकाले प्रस्तुत गरेको बजेटमा आम्दानीतर्फ आन्तरिक राजश्वबाट २० लाख, संघीय सरकारबाट प्राप्त समानीकरण अनुदानतर्फ १२ करोड ७० लाख, सशर्त अनुदान १९ करोड ८९ लाख, राजश्व बाँडफाँडबाट ७ करोड ९७ लाख २४ हजार ६ सय, प्रदेश सरकारबाट समानीकरण अनुदान ७ करोड ३० लाख २ हजार, सशर्त अनुदान ८ करोड, समपुरक अनुदान ३० लाख, विशेष अनुदान ३० लाख प्राप्त हुने अनुमान गरेका छन् ।
हँसपुर नगर सभाले पारित गरेको बजेटमा आगामी आर्थिक वर्षमा कोरोना महामारीलाई दृष्टिगत गर्दै कोरोना विशेष अस्पताल निर्माण गर्ने तथा सरुवा रोगको उपचार केन्द्र खोल्ने, बाढी पीडित तथा आगलागीबाट पीडितहरुको बासका लागि कोठा निर्माण गर्ने, ३० वटै सामुदायिक विद्यालयको मर्मत सम्भार गर्ने, कृषि उत्पादनमा वृद्ध गर्नका लागि प्रत्येक वडामा सिंचाईको व्यवस्था पुर्याउने लगायतका कार्यक्रमहरु विशेष प्राथमिकतामा राखिएका छन्।

