नागरिकता विधेयक खारेजीको माग गर्दै तरुण दल र नेविसंघद्धारा जनकपुरमा विरोध प्रदर्शन

spot_img

जनकपुर, १२ असार : नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले ल्याएको नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल धनुषाले जनकपुरमा विरोध प्रदर्शन गरेको छ । नेपाली पुरुषसँग विवाह गरी आउने बुहारीलाई ७ वर्ष पछि मात्र अंगिकृत नागरिकता दिने नेकपाको निर्णय र नागरिकता ऐन संशोधन विधेयकमा थप्न लागको सो प्रस्ताव खारेज गर्न उनीहरुले माग गरेका छन् ।

नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका नेता कार्यकर्ताहरुले विधेयकप्रति असहमति जनाउँदै स्थानीय रामानन्दचोकमा शुक्रबार प्रदर्शन गर्दै आधा घण्टा चक्काजाम समेत गरेका थिए । प्रदर्शनमा सहभागी तरुण दल र नेविसंघका नेता कार्यकर्ताहरुले ‘नागरिकता विधेयक खारेज गर’, ‘केपी ओली सरकार राजनीमा दे’,आफ्नो घर परिवार छाडेर, नातागोता तोडेर आएकी महिला दासी होइनन्,महिलामाथि गर्न लागिएको विभेद अन्त्य गरलगायतका नारा लगाएका थिए ।

नेविसंघ राराब क्याम्पसका इकाई सभापति सुजित यादवको नेतृत्वमा आयोजित विरोध प्रदर्शनमा नेविसंघका नेता संजिप यादव, कपिलदेव यादव, सुजित मिश्रा, आशुतोष नवीन झा, उदित मिश्रा, सुनिल सुमन, मनिष यादव, इन्द्रजित गोइत,ज्ञानेन्द्र मिश्रा,नेपाल तरुण दलका अध्यक्ष संजय लाभ कर्ण,उपाध्यक्ष राकेश बिक्रम साह,कोषाध्यक्ष अन्जनी झा,क्षेत्रीय अध्यक्ष विनय यादव, दिनेश नायक,पंकज महतो,राहुल मिश्रा,डा.राजु साह, रबि साह,बलराम गुप्ता,प्रनव झा, प्रदिप बस्नेत,बिजय महता,बलराम साहलगायतकाहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय