असिना पिडितले दुई महिनामा पनि पाएनन् छानो

spot_img

धनुषा : असार महिनाको हावाहुरीसंगै आएको असिनापानीले धनुषाको बटेश्वर गाउँपालिका वडा नं. १ र ३ मा संयौ घरको छानोहरु फुट्यो ।

क्षतिको अवलोकन गर्न गाउँमा नेता, मन्त्री, सांसद, गाउँपालिकाका अध्यक्षसहितका जनप्रतिनिघिहरु आएका थिए ।

पुर्वमन्त्री रघुवीर महासेठ, प्रदेशका आन्तरिक मामिला तथा कानुनराज्यमन्त्री सरोज सिंह कुश्वाहा, नेकपाका प्रदेश सांसद शत्रुधन महतो, बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत लगायत रेडक्रसका समेत पदाधिकारी घरघरमा पुगेर पीडितहरु चाँडै छानोको व्यवस्था गर्ने भन्दै सहनभुती दिए ।

आफ्नै निजी लगानीमा घरको छानो टालटुल पारे पनि जनमजदुरी गरी खाने गरिब तथा विपन्न परिवार अझै चुहिएको छानो भित्र कष्टकर जीवन व्यथित गर्न बाध्य भएका छन् ।

मिथिला नगरपालिकाका १४ सय ८ घरधुरी र बटेश्वर गाउँपालिकाका—७ सय ३६ घरधुरी गरि जम्मा २१ सय ४४ घरधुरी असिनाले प्रभावित भएका थिए ।

असिना पिडितहरुलाई जस्तापाता दिने मन्त्रीपरिषदबाट समेत निर्णय भइसकेको बताइएको छ । तर गरिब परिवारलाई जस्तापाताकालागि गाउँपालिका अध्यक्ष र जिल्ला प्रशासन कार्यालय उदासिन छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासन अधिकृत गणेश मिश्र को भनाई को अनुसार जस्तापाता किन नबाँडिएको विषयमा धनुषाका सिडियो कोषहरी निरौला बिदामा बसेकाले केही बताउन नसकिने भयो ।

गाउँपालिका अध्यक्ष राउतले समेत पहलकदमीमा ढिलाई भएको स्वीकारे । जवकी गाउँपालिका पमुखले अन्य निकायबाट नभए वैशाख भित्रै गाउँपालिका आफै कुनै उपाय निकालेर चाँडै छानोको व्यवस्था गरिदिने प्रतिवद्धता गरेका थिए ।

लकडाउनमा कोरोना रोकथाममै व्यस्त रहेर पन्छिदै आएका गाउँपालिका अध्यक्ष राउत अहिले गाउँसभाको तयारीमा रहेकाले करिब १५ दिनदेखि त्यसबारेमा बुझ्न नसकेको बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय