काठमाडौं । डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्ने उद्देश्यले खल्ती डिजिटल वालेटले मोवाइल एप र खल्ती डटकम वेवपेजमार्फत कारोबार गर्ने ग्राहकहरूका लागि ‘खल्तीको दुई गुणा अफर’ नामको प्रबर्धनात्मक योजना ल्याएको छ।
बुधबार ९असार १७० देखि ११ दिनसम्म चल्ने योजनामा ग्राहकले आफूले पठाएको रकम दोब्बर बनाउने अवसर पाउने छन्। बिजेताको वालेटमा खल्तीले ग्राहकले पठाएजति नै रकम जम्मा गरिदिने छ। विजेता नबन्नेहरूले आफूले पठाएजति रकम असार ३१ भित्र वालेटमै फिर्ता पाउने छन्। योजना अबधिमा १० रूपैयाँदेखी ५०० रूपैयाँसम्म पठाउनेको मात्र नगद दोब्बर हुनेछ।
योजनामा सहभागी हुनेले असार २७ सम्म आफ्नो ग्राहकको ब्यक्तिगत विवरण प्रमाणित गरिसक्नु पर्नेछ। प्रबर्धनात्मक योजनामा खल्तीका सबै प्रयोगकर्ता साथै एजेन्टहरू पनि सहभागी हुन सक्ने छन्। ११ दिनको अबधिमा रकम पठाउनेमध्ये ५० जना बिजेताको घोषणा असार २८ मा हुनेछ।
विजेतालाई ग्राहकहरूले पठाएको रकममा त्यती नै रकम ९अधिकतम रु। ५०० मात्र० थपेर खल्तीले विजेताकै खातामा उपलब्ध गराउनेछ। बिजेता नबन्ने सबै सहभागीहरुको रकम खल्तीले असार ३१ भित्र उनीहरूको डिजिटल वालेटमै फिर्ता गरिदिनेछ। यस योजनामा खल्तीका प्रयोगकर्ता हरेकले जति पटक पनि सहभागिता जनाउन पाउनेछन। खल्तीका प्रयोगकर्ताले एसएमएसमार्फत अफलाइन कारोबार पनि गर्न सक्ने छन्।
‘हामीले नगदको सट्टा डिजिटलमाध्यमबाट कारोबार गर्न ग्राहकलाई प्रोत्साहन गर्न योजना ल्याएका हौं। सबै खल्ती प्रयोगकर्ताले योजनामा सहभागी भएर मौकाको फाइदा उठाउनुहोस् भन्ने आग्रह छ’ खल्तीका सहायक प्रबन्धक अनिल कार्कीले भने, ‘मोवाइलबाटै नगद कारोबार गर्न सकिने सजिलो, सुरक्षित र छिटो प्रविधिलाइ सरकारले समेत प्रोत्साहन गरिरहेको छ। डिजिटल नेपाल बनाउने सरकारको अबधारणालार्ई सहयोग गर्न पनि हामीले यस प्रकारको योजना सुरू गरेका हौं। खल्तीले आफ्नो नारा नै डिजिटल नेपाल, समृद्धिको महाअभियान बनाएको छ।’

