टिकटाकले बढायाे सुरक्षा चुनाैती, तुरून्त डिलिट गर्न विशेषज्ञकाे आग्रह

spot_img

वीरगञ्ज : युवायुवतीहरूमा निकै लाेकप्रिय माेबाइल एप्लिकेशन ‘टिकटाक’ हाल निकै विवादमा तानिएकाे छ ।

चिनमा विकास भएकाे सर्ट भिडियाे बनाउने याे माेबाइल एप्लीकेशनकाे प्रयाेगले कतिपय त रातारात चम्किएका पनि छन् ।

तर, राष्ट्रिय स्वाधिनता तथा गाेपिनयताका लागि भन्दै भारत सरकारले मुलुकमा केही दिन अघि मात्रै टिकटाक उपर प्रतिबन्ध लगाएकाे छ ।

प्रतिबन्ध सँगै भारतमा हाल टिकटाक सहित ५९ चाइनिज माेबाइल एप्लीकेशन खुल्न सकेका छैनन् ।

भारतस्थित चिनियाँ दुतावासले भारत सरकारकाे याे कदम प्रति कडा आपत्ती जनाएकाे छ । दुतावासले भारत सरकारकाे याे निर्णयलाइ विभेदकारी र विश्व व्यापार संगठनको मान्यताको विरुद्ध पनि भनेकाे छ ।

‘एनाेनिमस’ नामक ह्याकरहरूकाे एक समुहले अब खतरा झन् बढेकाे निष्कर्ष निकालेकाे छ ।

टिकटाक माेबाइल एप्लीकेशनलाइ माेबाइलबाट निष्क्रिय गर्दा स्वतः माेबाइलमा एक स्पाइवेयर इन्स्टल भएर सक्रिय हुनेछ । जुन स्पाइ वेयरले माेबाइलकाे गाेप्य सुचना, प्रयाेगकर्ताकाे हाउभाउ, रूचिकाे विषय र आसापासका गतिविधी पनि स्पाइ वेयर सञ्चालक समक्ष पुर्याउनेछ । जसकाे बारेमा स्वयम् प्रयाेगकर्ताहरूलाइ पनि थाहा हुँदैन ।

ह्याक्रहरूकाे समुह एनाेनिमसका अनुसार याे एप्लीकेशनले प्रयाेगकर्ताहरूकाे माेबाइल डाटालाइ सुरक्षित राख्न दुरूस्त व्यवस्था गरेकाे देखिदैन ।

एनाेनिमसले तत्काल टिकटाक लगायतका प्रतिबन्ध गरिएका माेबाइल एप्लीकेशनलाइ माेबाइलबाट निष्क्रिय गरेर माेबाइललाइ रिस्टार्ट गर्न आग्रह गरेकाे छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय