spot_img

बाँकेमा बालकको घाँटी रेटेर हत्या गर्ने प्रयास, एक युवाक पक्राउ

spot_img
spot_img

नेपालगंज — बाँकेमा शुक्रबार घाँटी रेटेर हत्या गर्ने प्रयास गरीरहेका एक युवाक पक्राउ परेका छन् ।

बाँकेको कोहलपुर नगरपालिकाकाे वडा नम्बर १३ मा एक बालकको घाँटी रेटेर हत्या गर्ने प्रयास गरेका एक युवाकलाई प्रहरीले पक्राउ गरेको छ ।

घटना राप्तिसोनारी गाँउपालिका वाड नं. ९ बस्ने ३४ वर्षिय बिजय चन्दले कोहलपुर वडा नं. १३ खड्कवार निवासी ७ वर्षिय बालक रोमित थारुको घाँटी रेटेर हत्या गर्ने प्रयास गरेकाे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवाश खड्काकाले जानकारी दिनुभयाे ।

बालक आफ्नो मामा घर गएका बेला चन्दले धारिलो हतियार (हँसिया) प्रयोग गरी घाँटीको पछाडी प्रहार गरी घाइते बनाएकाे थियाे ।

घाइते बालकको अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको र चन्दलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय