spot_img

बाँकेमा दुर्लभ पाटेबाघको छाला र हड्डीसहित एक व्यक्ति पक्राउ

spot_img
spot_img

बाँके— बाँकेमा दुर्लभ पाटेबाघको छाला र हड्डीसहित एक व्यक्ति पक्राउ परेका छन् ।

एसपी ओमबहादुर रानाको नेतृत्वमा रहेको बाँके प्रहरीलाई एक पछि अर्को सफलता मिल्दै गएको छ । बाँके प्रहरीले शनिबार बाँकेको राप्तिसोनारी गाउँपालिकाबाट दुर्लभ पाटेबाघको छाला र हड्डीसहित एक व्यक्ति पक्राउ गरेर प्र ठूलो सफलता हात पारेको छ ।

दुर्लभ पाटेबाघको छाला
दुर्लभ पाटेबाघको हड्डी

मकै बारीमा लुकाई राखेको पाटेबाघको छाला र बाघको विभिन्न भागको हड्डी १० किलो ५ सय ग्राम सहित शनिबार राप्तिसोनारी गाउँपालिका २ तितिनघारीका नवराज घर्तिमगरलाई पक्राउ गरेको एसपी रानाले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानमा “प्रकाश आचार्यले बाँके राष्ट्रिय निकुञ्जको छेत्रमा उक्त बाघलाई गोली हानी मारेर निकालेको बुझिएकाे छ ।’ एसपी रानाले भने –‘सो बाघको छाला नवराज घर्तिमगरलाई सोही ठाउँ बस्ने आचार्यले शुक्रबार राख्न दिएको रहेछ, निजले बाघको छालालाई मकै बारीमा लुकाई राखेको पाइयो ।’

त्यसैगरी गाभर बस्ने नरे घर्तीले नबराजलाई बाघको छाला २४ लाखमा बिक्री गरादिइने डिल भएको  उनले जानकारी दिए ।

उनले फरार रहेका प्रकाश आचार्य र नरे घर्ती भन्ने व्यक्तिलाई खोजतलास गरीरहेको बताए । पक्राउ परेका नवराज घर्तिमगर र बरामद गरिएको बाघको छाला र हड्डीलाई थप अनुसन्धानपछि कारवाहीकालागि डिभिजन बन कार्यालयमा बुझाइने एसपी रानाले बताए ।

बाँके प्रहरीले पाटेबाघको हड्डी र छालासहित शनिबार नियन्त्रणमा लिएको नवराज घर्तिमगरलाई आज सार्वजनिक गरेको हो ।

spot_img

ताजा अपडेट

लोकप्रिय