बाँके । राजधानी बुटवल टाढा र अपायक भएको भन्दै प्रदेश ५ को बाँकेमा रहेको कोहलपुर नगरपालिकाले कर्णाली प्रदेशमा मिसिने घोषणा गरेको छ । कोहलपुर नगरपालिकाको हालै सम्पन्न नगरसभाले सर्वसम्मत रुपमा कर्णालीमा मिसिने घोषणा गरेको हो ।
कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले प्रदेश ५ को राजधानी बुटवल टाढा र अपायक परेका कारण कर्णाली प्रदेशमा मिसिने निर्णय गरिएको बताए ।
प्रदेश ५ मा रहेका बाँके र बर्दियाका कतिपय स्थानीय तहले कर्णाली प्रदेशमा मिसिन सहमत भएका छन् । नेपालगञ्ज उपमहागरपालिकाले पनि कर्णालीमा मिसिने सहमति जनाएको छ ।




