spot_img

नेपालगञ्ज कारागारका प्रहरी र कैदीमा देखियो कोरोना, अन्य कैदीमा पनि संक्रमण हुनसक्ने आशंका

spot_img
spot_img

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित कारागारमा पनि   कोरोना संक्रमण देखिएको छ । कारागारमा रहेका एक कैदीबन्दी र एक प्रहरीमा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले नेपालगञ्ज कारागारमा कोरोना देखिएको पुष्टि गरेका छन् ।

उनले भने, ‘दुवैजनालाई बिहीबार साँझ नै खजुरामा रहेको आइसोलेसन सेन्टरमा लगिसकेका छौं ।’ कोरोना पुष्टि हुने कैदीबन्दी नेपालगञ्ज उप–महानगरपालिका ६ का २८ वर्षिय पुरुष हुन् ।

अर्का ३० वर्षिय प्रहरी जवान भने सुर्खेत गुर्भाकोट घर भई कारागारमा कार्यरत थिए ।

यसरी कारागारमा संक्रमण देखिएपछि कारागारमा रहेका अन्य कैदीलाई पनि कोरोना संक्रमण हुन सक्ने आशंका गरिएको छ। कारागारमा रहेका सबै कैदीहरू तथा त्याहाँ कार्यरत सबै प्रहरीको पीसीआर टेस्ट गर्न जरुरी देखिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय