spot_img

बाँकेमा पनि समुदायस्तरमै देखियो कोरोना

spot_img
spot_img

नेपालगन्ज । बाँकेमा समुदायमा पनि कोरोना संक्रमण देखिन थालेको छ । कोहलपुर नगरपालिका दुई महिलामा समेत कोरोना देखिएपछि  समुदायस्तरमा नै कोरोना फैलिसकेकाे आशंका गर्न थालिएको हो गरिएकाे छ  ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिमा शुक्रबार दुई महिला र दुई पुरुष गरी चारै जनामा कोरोना पुष्टि भए संगै कोरोना समुदायस्तरमै अाइसकेकाे आशंका गरिएकाे अधिकृत तथा कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य कार्यालयले गरेको ‘¥यान्डम स्याम्पलिङ’ को क्रममा नेपालगञ्जका पुरुषको स्वाब संकलन गरेर परीक्षणको लागि मंगलबार प्रयोगशालामा पठाइएको थियो । शुक्रबार पीसीआर रिपोर्ट आउँदा दुवैमा कोरोना पोजिटिभ देखिएकाे हो ।

कोरोना पुष्टि भएकाहरुमा नेपालगञ्ज ११ का ४० वर्षिय पुरुष र नेपालगञ्ज १२ का १८ वर्षिय पुरुष रहेका छन् ।

संक्रमित ४७ र २१ वर्षिय महिला बुधबार भारतबाट फर्किएर क्वारेन्टिनमा नबसेर सिधैं घर गएका थिए । श्रेष्ठका अनुसार दुवै जनाले बिहीवार बागेश्वरी क्वारेन्टिनमा आएर स्वाब दिएका थिए । ‘कोहलपुरमा संक्रमित दुवै महिलाको बिहीवार मात्र स्वाब संकलन गरिएको थियो’ उनले भने, ‘दुवै जना भारतबाट फर्किएर सिधैं घरमा पुगेको पाइएको छ ।’

बुधबार मात्र घरमै बसेकी नेपालगञ्ज–१८ की २६ वर्षिया महिलामा पनि कोरोना पुष्टि भएको थियो । १२ दिन अघि कैलालीको धनगढीबाट आएर घरमा उनी बसिरहेकी थिइन् । बाहिरबाट आएकाले शंका लागेर जाँच्न जाँदा कोरोना पुष्टि भएको हो ।

पछिल्लो केहीदिनयता आएको रिपोर्टहरुले पनि बाँकेमा समुदायस्तरमा कोरोना पुगिसकेको बाँकेका स्वास्थ्यकर्मीहरु बताउँछन् । विज्ञहरुका अनुसार कोरोना परीक्षणको दायरा छिटै नै न बढाए भयावह स्तिथी हुनसक्ने अनुमान गरिएकाे छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय