spot_img

नेपालगञ्जमा प्रजिअ र प्रहरी प्रमुखले बाँडे मास्क

spot_img
spot_img

बाँके । बुधबार नेपालगञ्जकाे सडकमा मास्क नलगाइ हिँड्ने सर्वसाधारणलाइ स्थानिय प्रहरी र प्रशासनकाे सकृयतामा मास्क बाँडिएकाे छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामबहादुर कुरुम्बाङ र बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानालेे सडकमा मास्क नलगाएकाहरूलाइ मास्क बाँडेका हुन् ।

यस अघि मास्क नलगाएकाहरूसँग सय रूपैयाँ जरिवाना तिराउने प्रहरीले मास्क बाँडेकाे देख्दा अनाैठाे लागेकाे स्थानियहरूकाे भनाइ छ ।

प्रजिअ कुरुम्बाङ नेतृत्वको टोलीले कोरोना विरुद्धको जनचेतना जगाउने प्लेकार्ड बोकेर नेपालगन्जको धम्बोझी चोकदेखी बिपि चोक, त्रिभुवन चोक, त्रिवेणी मोड, घरबारी टोल हुँदै पुन: धम्बोझीसम्म सडकमा हिड्ने पैदल यात्री, साइकल, मोटरसाइकल, रिक्साका चालक तथा सवारी र पसल, होटेलका संचालक तथा ग्राहकहरुलाई ‘मास्क लगाउनुपर्छ है, लिनुस मास्क’ भन्दै मास्क ५ हजार थान सर्जिकल मास्क बितरण गरेका थिए ।

सिडिओ र एसपीसङ्गै नेपाली सेनाका कर्णेल नकुल थापा, सशस्त्र प्रहरी उपरीक्षक दिपक भण्डारी, राष्ट्रिय अनुसन्धान बाँकेका प्रमुख कमल भट्टराई, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, पत्रकार महासंघका अध्यक्ष ठाकुर सिंह थारु, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष शशी स्वाँर, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी लगायतको टोलीले मास्क बितरण गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सामुदायिक प्रहरी सेवा केन्द्रको समन्वयमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रमका साथै मास्क बितरण कार्यक्रम अनुसार आज बेलुका बाँकेका सिडिओ र एसपी लगायतको टोली बजारमा निस्केको हो ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय