नेपालगञ्ज, १५ साउन । एक घर, एक पिसिआर टेष्टकाे माग गर्दै नेपालगञ्जमा युवाहरूले प्रदर्शन गरेका छन् ।
नेपालगञ्जकाे धम्बाेजी चाेकमा भेला भएका स्थानिय सचेत युवाहरूकाे एक समुहले काेराेना महामारी नियन्त्रणमा स्थानिय सरकार र प्रशासनकाे उदासिनताकाे विरूद्ध प्रदर्शन गरेका हुन् ।
समुदाय स्तरमा नै काेराेनाभाइरस फैलिएकाे तर स्थानिय सरकार र प्रशासन अझै गम्भीर नभएकाे प्रदर्शनमा सहभागी युवाहरूले बताएका छन् ।
सामाजिक दुरी कायम गर्दै भएकाे प्रदर्शनमा “एक घर एक पिसिआर , खोई सरकार ?” , “कोरोना विरुद्धको लडाई जुटेर हैन , एक अर्काबाट छुट्टिएर लडौँ ” “एक घर एकजना पिसिआर टेष्ट गर” लगायतका नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरिएकाे थियाे ।
काेराेना महामारी नियन्त्रणका लागि पिसिआर टेष्टको दायरा अविलम्ब बढाउनुपर्ने युवाहरूकाे सुझाव छ ।




