spot_img

बाँकेमा आईतबार देखि निषेधाज्ञा, स्थानिय सर्वसाधारणलाई चित्त नबुझ्दो

spot_img
spot_img

नेपालगञ्ज, १५ साउन । जिल्ला प्रशासन कार्यालय बाँकेले आईतबार देखि ३ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

कोरोनाभाइरस संक्रमण समुदायमा स्तरमा फैलिएका कारण संक्रमणको दर न्युन राख्न ३ दिनका लागि निषेधाज्ञा लगाउने तयारी भएको हो ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले आईतबार देखि जिल्लामा ३ दिन पुर्ण निषेधाज्ञा लगाउने निर्णय गरेको जनाइएको छ ।

तर, आईतबार देखि निषेधाज्ञा जारी गर्ने प्रशासनको निर्णय स्थानिय सर्वसाधारणलाई चित्त बुझ्दो नभएको बुझिएको छ ।

स्थानियहरुका अनुसार समुदायमा कोरोना संक्रमण फैलिसकेकाले निषेधाज्ञा जारी गर्न विलम्ब गर्नुको औचित्य छैन ।
निषेधाज्ञा आईतबारबाट लगाउँदा संक्रमणको दर न्युन नभई झन् बढेर जाने स्थानियहरुका भनाई छ ।

कोरोना महामारी नियन्त्रणका लागि प्रशासनको दुरुस्त तयारी नदेखिएको स्थानियको आरोप छ ।

बाँके प्रशासनले गरेकाे निषेधाज्ञाकाे निर्णय स्वागतयोग्य भए पनि तत्काल कार्यान्वयन गर्नुपर्ने नेपालगन्ज १२ का राम बहादुर विष्टले बताए ।

मुस्लिम धर्मावलम्बीको चाडलाई मध्यनजर गर्दै आइतबारदेखि लकडाउन गर्ने र आइतबार सम्म सावधानी अपनाउने प्रजिअको कोड सहितको एक अन्लाईनमा प्रकाशीत समाचारलाई औल्याउँदै एक सामाजिक सञ्जाल प्रयाेगकर्ताले – लकडाउन गर्ने नै हो भने भोलि देखि गर्ने, हैन भने मंगलबार देखि गर्नु पर्छ ‘ आधिकांश सामाजिक संजाल प्रयोगकर्ता तथा स्थानियका अनुसार बाँके प्रशासनले लकडाउन तुरुन्तै लागू गर्नु पर्ने धारणा राखेका छन ।

स्थानियले धर्म विशेषबाट बाहिर भएर समुदायकाे हितका लागि कार्य गर्न प्रशासनलाइ अनुराेध गरेका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय