माइक्रोसफ्टले ल्यायो परिवार सुरक्षा एप

spot_img

एजेन्सी । प्राविधिक क्षेत्रमा अग्रणी संस्था मानिने माइक्रोसफ्टले परिवार सुरक्षा एप ल्याएको छ ।

नयाँ एपले परिवारका सदस्यहरुको विद्युतीय र शारीरिक सुरक्षा प्रदान गर्न सहयोग गर्ने अधिकारीले जनाएका छन् । यस एपले विद्युतीय सामग्री प्रयोगकर्तालाई विद्युतीय सामग्रीको स्त्रिन हेर्न नियन्त्रण गर्ने, स्क्रिनबाट बालबालिकाको स्वास्थ्य जोगाउनेलगायतमा पनि सहयोग गर्ने जनाइएको छ ।

यो एप आइओएस र एड्रोएडमा प्रयोग गर्न सकिने कम्पनीका अधिकारीहरूले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जनाएका छन् । बालबालिकाहरुलाई कस्ता वेभसाईड हेर्न दिने र कस्ता वेबसाईट हेर्न नदिने भनेर नियन्त्रण गर्न सकिने व्यवस्था पनि यस एपमा गरिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय