नेपालगञ्ज, २१ साउन । बाँकेमा दोश्रो निषेधाज्ञा लागू गरेको चौंथो दिन बजार पुर्णरुपले बन्द छ । समुदाय स्तरमै कोरोना देखिन थालेपछि बाँकेमा थप निषेधाज्ञा गरि बजार तथा सवारीसाधन पूर्णरुपले ठप्प गरिएको हो ।
पछिल्लो समय बाँकेमा प्रहरी, स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधि, व्यापारी, पत्रकारमा समेत कोरोना पोजेटिभ देखिन थालेपछि स्थानीय प्रशासन एक्सनमा उत्रिएको जनाएको छ ।
समुदाय स्तरसम्म पुग्नु खतरनाक रहेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञामा थप कडाईका साथ लागु गरेको छ भने विना मास्क लगाएको नागरिकलाई कारवाही समेत गर्दै आएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी गराउनुभयो ।
बाँकेमा हाल क्वारेन्टाइनमा १ सय ३२ जना, आइसोलेशनमा ७७ जना, कोरोना पोजेटिभ ४ सय ७० जना, निको भएका ३ सय ९१, मृत्यु भएका २, पिसिआर जाँच १२ हजार ५ सय ७ जना र आरडिटी जाँच ९ हजार ४ सय २७ जनाले गराएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।




