संसार भरी नै कोरोना महामारी फैलिएको छ । धेरै थोरै विश्वका सबै देशले कोरोना संकटबाट मानविय तथा आर्थिक क्षती व्याेहाेरेका छन् । कोरोनाको कहर अहिले पनि जारी नै छ । पूर्ण रुपमा कोरोनाबाट विश्वले उन्मुक्ति पाइसकेको छैन । सन्दर्भ नेपालको जोडने हो भने नेपालमा पहिलो केस गए बर्ष माघ महिनाको १० गते देखिएको थियो । त्यो बेला सम्म कोरोनाले युरोपलाई हल्लाई सकेको थियो । नेपालमा भने पहिलो केस भेटिएको दुई महिना सम्म कुनै केस फेला परेन अथवा सरकारको पकडमा आएन् । तर नभन्दै २०७६ चैत्र १० नेपाल दोस्रो केसको पुष्टी भयो ।
त्यसको भोली पल्ट ११ गते देखि नेपाल लडाउनमा गयो । पहिलो केस भेटिएको दुई महिना सम्म सरकारको काम सुस्त गतीमा नै चल्यो । यो वेला सम्म एसियामा कोरोनाले तहल्का नै मच्चाई सकेको थियो । नेपालले भारतबाट कोरोना नेपाल छिर्न सक्ने अनुमान गर्दै सिमा नाका कढाई गर्ने निर्णय ग¥र्यो । तर सिमाना कहिले पूर्ण रुपमा बन्द भने गर्न सकेन् । चैत्रको २२ गते देखि नेपाल कोरोना दोस्रो चरणमा प्रवेश गरी सकेको थियो । तर सरकार भने व्यवस्थपान मिलाउँदैछु नै भनी रहेको थियो ।
२०७६ जेठको पहिलो हप्तामा सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको मृत्यु भयो । पहिलो केस भेटिएको ४ महिना पछि कोरोनाका कारण कसैको मृत्यु भएको यो पहिलो केस थियो । मैले यो कुराको चर्चा किन गर्दैछु भने सरकारलाई कोरोना नियन्त्रणको लागि धेरै समय उपलब्ध थियो । सरकारले इमन्दारीका साथ काम गरेको भए धेरै मानविय क्षती कम गर्न सक्थ्यो होला । तर सरकार असफल नै रहयो । नेपाली जनताले काम गर्नको लागि सरकारलाई ३ महिना बन्दाबन्दीको समय पनि दियो । तर नेता आश्वासन तथा भ्रष्टाचारमै लिप्त रहयो ।
महामारी नियन्त्रणको पहिलो जिम्मेवारी संघीस सरकारको हो । नेपालको कानुनले यहि नै भन्छ । तर महामारी देखा परेको क्षेत्रमा स्थानिय सरकार तथा प्रदेश सरकारसँग हातेमालो गरे मात्र यसलाई नियन्त्रण गर्न सकिन्छ । यो कुराको हेक्का कहिले पनि संघिय सरकारले राखेन । मिटिङ्ग सेमेनार छलफल र अनुगमन यो सब काममा मात्र सरकार व्यस्थ भइ रहयो । सरकारलाई लाग्यो हामी कोरोनालाई जित्यौं । तर विज्ञहरुको इसारा भने अर्को थियो । उनीहरुले नेपालमा कोरोनाले उछाल लिन्छ भनेर चेतावनी दिदै सरकारलाई यसको लागि तयारी अवस्थामा रहन सुझाव दियो । तर बिज्ञको सरकारले भने कहिले सुनेन् । फल त नेपालमा कोरोना आटव्रकमा गयो । अहिले कोरोना शहर–शहर,बस्तीबस्ती तथा समूह–समूहमा प्रवेश गरी सकेको छ । मानौ सरकार कोरोना नियन्त्रणमा असफल भइसकेको छ ।सरकारलाई भिआइपीहरुलाई बचाउन दबावमा छ । आम सर्वसधारण जनता दिनहु मृत्युवरण गरी रहेको छ । मानौ जनता बिवष छन् मर्नको लागी । नेपाल सरकारले कोरोनालाई खेल सम्झयो ।
प्रदेश र स्थानिय सरकार बिच अहिले तालमेल भएन् । महामारीको तथ्याङ्कहरुको लेखाजोगा गरी अवश्यक औधषी उचार वन्दोवस्तीका समान तथा आइसियु,भेन्टिलेटरको व्यवस्थापनमा सरकारले कहिले ध्यान दिएन् । मात्र मृत्यु पछि कोरोना पुष्टी सरकारले गरी रहयो । बिज्ञ ले भन्यो कोरोना इन नाट ए गेम तर सरकारले अहिल्यै बुझ्ने प्रयास गरेन् । विश्वमा हाल सम्म ७ लाख ११ हजार ४ सय ६३ जनाको ज्यान गइसकेको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ । जय मध्ये कम्तीमा ६५ जनाले नेपाल ज्यान गुमाई सकेका छन् । नेपालमा हाल सम्म २१ हजार ७ सय ५० भन्दा बढी व्यक्तिमा संक्रमण पुष्टी भएको छ ।
अहिले नेपालमा नेकपा अध्यक्ष प्रचण्ड देखि मन्त्री, सांसद,स्थानिय सरकारका प्रमुख,कर्मचारी,पत्रकार खेलाडी,स्वास्थ्यकर्मी कुनै क्षेत्र व्यक्ति बाकी छैन् । सबै क्षेत्रमा कोरोना फैलि सकेको छ ।
सरकारको लापरवाहीका कारण धेरै स्वास्थ्यकर्मीहरु पनि संक्रमित भएका छन् । कम स्रोत सधान तथा बिज्ञहरु भएको देशमा आवश्यक सुरक्षा अपनाउँन नसक्दा विज्ञ तथा स्वास्थ्यकर्मीहरु समेत संक्रमित भएका छन् । जुन देशको लागि दुर्भाग्यको कुरा हो । फ्रन्ट लाइन मै काम गर्नेहरुलाई आवश्यक पीपीई,मास्क लगायतका समाग्री बिना राज्यले खटाउन खोज्दा वीरगन्जमा सवास्थ्यकर्मीहरु आन्दोलनमै उत्रिए । प्रहरीले उनीहरुलाई हिरासतमा लिएर तारेकमा छोड्यो । राष्ट्र सेवकले राष्ट्रको सेवामा खटिनु पर्छ । तर राज्यले सुरक्षाको ग्यारेन्टी भने गर्नै पर्छ । त्यसमा पनि सरकार चुकी रहेको छ ।
कम जनघनत्व,अधिकाशं युवाहरु खाडी मुलुक हुनु तथा जनताले पनि सरकारलाई सहयोग गर्नु विरामीलाई आइसुलेट गर्न सक्ने हरेक शहरहरुमा ठूला ठूला अस्पताल देखि लिएर होटल गेस्ट हाउस,स्कुल लगायतका समरचनाहरु हुनु लगायत थुर्पै कुराहरु थियो । जसले गर्दा नेपालले छोटो समयमा कोरोनालाई नियन्त्रण गर्न सक्थ्यो । तर गइस विख्र्रे आफ्नै ढङ्गले भने जस्तै, भए कै स्रोत सधान प्रयोग गर्न सरकार सर्वपक्षिय सहमती जुटाउन सकेन् । बीरगन्ज जस्तो शहर अब अभिभावक बिहिन बन्ने अवस्थामा छ । यो शहरमा मेयर,पूर्व मन्त्री सांसद,ठूला नेताहरु,पत्रकारहरु,सुरक्षाकर्मी तथा विज्ञहरु कोरोना संक्रमित छन् । देशकै लाइफ लाइन रहेको आर्थिक राजधानी बीरगन्ज थला परी रहदा प्रदेश र संघ सरकारलाई कुनै मतलब छैन् ।
प्रदेश २ का मुख्यमन्त्री भाषण आश्वासन बाडन मै व्यवस्थ देखिएका छन् । संघले स्थानिय स्रोत साधनमै पर्सामा कोरोना नियन्त्रण हुन्छ भने दावी गरी रहेको छ । जब कि अवस्था फरक छ । यो क्रममा दिनहु बीरगन्जमा कोरोना संक्रमितहरुको ज्यान गइरहेको छ । स्वास्थ्य उपचारको लागि तराईका जिल्लालाई धान्दै आएको वीरगन्जको अवस्था यति जटिल बनि सकेको छ । समान्य रोगको उपचार पनि पाउन मुश्किल छ । अवस्था बिग्री हाले भर्ना गर्ने अवस्था आयो भने अस्पतालहरुले हतपत भर्ना नै लिने गरेका छैनन् । अस्पतालकै गेटमा उपचार नपाएर बीरगन्जमा कयैनको ज्यान गएको छ ।
जनताको जिवधन राज्य र स्थानिय प्रशासनलाई खेलवाड लागी रहेको छ । फगत केहि भिआईहरुलाई सरकारले मात्र उपचार सेवा सुविधाको जोहो भएर पन्छिन सक्दैन् । आम जनताको जिवधनको रक्षा गर्नु पर्छ । सलाम छ ती डक्टर बिज्ञहरुलाई जो बिषम परिस्थितीमा पनि कोरोना नियन्त्रणको लागि खटि रहेका छन् । तर नेताहरुले जनताको सेवा नै राजनितिकको एक मात्र र अन्तिम उदेश्य हो भुलेका छन् ।
सरकार बचाउन खेल ,सरकार गिराउने खेल, कहि राजिनामा,कहिल सरुवा बढुवा,कहि सभापती बन्ने खेल,कहि भ्रष्टाचारको रेल त कहि आशु आशुकै भेल कोरोनालाई सबै थोक देखाई रहेको छ । तर कोरोना नियन्त्रणको नयाँ किरण देखिएको छैन् । नेपाल सरकारले कोरोनालाई खेल बनाएको छ । जनताको लास माथी राजनितिक गर्ने खोल बनाएका छन् । शुरु मै परिक्षणको दायरा नबढाएको सरकारले कर उठाउन लकडाउन बिना तयारी खुकुलो गरेको देखियो । परिक्षणको लागि ५ हजार भन्दा बढी रकम गरिब र लामो समय देखि काम नपाएको जनतासँग उठाउने निर्णय ग¥र्यो । मानौं सरकारको ढुकुटी नै खाली भइसकेको छ ।
कोरोना नियन्त्रण गरेका दक्षिण कोरिया,ताइवान,हङकङ,भियतनाम लगायतका देशहरुसँग नेपालले धेरै सिक्न सक्थ्यो । तर त्यो प्रयास यहाँ कहिले गरिएन् । भियतनामले कोरोना देशमा प्रवेश गर्नु अगाडी नै तयारी शुरु गरी सकेका थिए । कोरोनालाई हराएका देशहरु यसलाई युद्धकै रुपमा लिएको देखिन्छ । तर नेपालले भने कोरोनालाई हल्का रुपमै लियो ।
केहि देशहरुले केहि दिन, महिना तथा हप्तामा ठूला अस्पताल बनाएको व्यवस्थापनमा चमत्कारिक परिवर्तन गरेकोे तथा छोटो समयमा कोरोनालाई काबु रहेर पनि देखाएका उदारहणहरु छन् ।
तर हामी भने अहिले सम्म अस्पतालकै खोजीमा छौं । घरमा आइसुलेशन गर्नु पर्ने अवस्था छ । भने पछि यति लामो समय सम्म सरकारले गरे ग¥र्यो । यसको लेखाजोखा गर्न सहज छ । चीनको हुवेई प्रदेशको उहान सहरमा पहिलो पटक देखिएको चिनियाँ रहस्यमयी नोबेल कोरोना (२०१९ ) भाइरसको प्रकोप सन् २०१९ को मध्य डिसेम्बरमा देखिएको थियो । अधिकारी रुपमै विश्व स्वास्थ्य संगठनले विश्वमा ठूलो संकट आएको घोषणा गरी सक्दा पनि पछिल्ला दिनहरुमा नेपालले कोरोना नियन्त्रणका लागि धेरै अवसरहरु गुमाएको छ ।

