फेसबुकले हटायो गलत सामाचार दिने ७० लाख बढी पोस्ट

spot_img

चितवन,१ भदौं । कोरोना भाइरसबारे भ्रामक र गलत जानकारी फैलाउने पोस्टलाई फेसबूकले हटाउन थालेको छ । सामाजिक सञ्जाल फेसबूकले सोमबारसम्म करिब ७० लाख बढी गलत सूचना दिने पोस्ट हटाएको जनाएको छ ।

तीमध्ये कति पोस्ट कोरोना भाइरसबाट बच्ने उपायबारे गरिएका पोस्टहरू रहेको जनाइएको छ । फेसबुकका अनुसार कम्पनीले रिपोर्ट गरिएका ती पोस्टहरूको विश्वसनीयता थाहा पाउनका लागि विशेषज्ञलाई पनि बोलाएको थियो ।

फेसबूक पहिलेदेखि नै आफ्नो प्लेटफर्ममा देखिने भ्रामक र गलत समाचार रोक्ने प्रयासमा छ । साथै फेसबूकले यस्ता पोस्ट हटाउन निरन्तर काम गर्ने पनि जनाएको छ । फेसबूकले आफ्नो फ्ल्यागशीप एपका माध्यमबाट घृणा फैलाउने दुई करोड २५ लाख भाषण पनि हटाएको छ । पहिलेको तुलनामा यो आँकडा धेरै हो ।

फेसबुकले आतंकवादी संगठनसँग जोडिएका करीब ८७ लाख पोस्ट पनि हटाएको छ । यसअघि फेसबूकले ६३ लाख पोस्ट हटाएको थियो । फेसबूकले संगठित घृणा फैलाउने पेजहरूलाई पनि हटाएको जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय