बाँके भदौ २ गते । कोरोना संक्रमणबाट बाँकेमा थप एकको मृत्यु भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेमा कोरोना संक्रमणकाे कारणले आज थप एकको मृत्यु भएको हो ।
यो संगै कोरोना संक्रमणका कारण बाँकेमा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
नेपालगन्ज ५ का ६२ बर्षिय पुरुषको काेराेनाबाट मेडिकल कलेजकाे नेपालगन्ज शिक्षण अस्पतालमा राती ११:४० मा मृत्यु भएको जानकारी प्रप्त भएकाे छ ।




