बुधबार, मंसिर १७, २०७७

13 C
Kathmandu
21.6 C
Birgunj

आईसोलेसनबाट पर्सेली पत्रकारको आह्वान “महामारी विरूद्ध जुटेर होईन फुटेर लडौं”

  • 395
    Shares

सिफारिस

कृषि विकास बैंक सखुवाप्रसौनी शाखाका प्रमुख कमिसन खानै व्यस्त !

बीरगन्ज,१२ मंसिर । पर्साको ग्रामिण क्षेत्र सखुवाप्रसौनी गाउँपालिका वडा नं. २ पंचगावामा रहेको कृषि विकास बैंकका शाखा प्रमुखको रवैयाका कारण स्थानियवासी पिडामा परेका छन्...

पटेर्वासुगौलीमा अस्पतालको शिलान्यास, उपचारको लागी बाहिर जाने बाध्यता हट्ने विश्वास

वीरगञ्ज, १५ मंसिर । पर्साको पटेर्वासुगौली गाउपालिका वडा न. ४ मा पनि अस्पताल भवनको शिलान्यास गरिएको छ । केन्द्रिय सरकारको योजनाअनुरुप १० शैय्याको अस्पतालको...

ग्रामिण क्षेत्रमा मनपरी भाडा असुल, ३ जना बस्ने अटोमा ६ जना बस्दा पनि प्रहरी मौन

बीरगन्ज, १६ मंसिर । लकडाउन खुकुलो भएर सवारी साधन सञ्चालनमा आएसँगै पर्साको ग्रामिण क्षेत्रमा चल्ने सवारीको भाडादर मनपरी रुपमा लिने गरेको यात्रुहरुले बताएका छन्...

कपडा पसलमा आगलागी हुँदा २ करोडको क्षति

सिरहा,१६मंसिर । सिरहाको गोलबजार नगरपालिका-४ का दुई कपडा पसलमा आज बिहान आगलागी हुँदा करिब २ करोड मूल्यबराबरको क्षति भएको छ । गोलबजारस्थित कञ्चन वस्त्रालय...

“जोखिमपुर्ण अवस्थामा जोखिमपुर्ण काम गर्दै थियौँ । आफूलाई पनि कतै संक्रमण हुने पो हो कि भन्ने आशंका पहिल्यै देखि नै थियो” उनी भन्छन्, “सूचना संकलनका क्रममा नारायणी अस्पतालदेखि आईसीपीसम्म पुगे । त्यस पछि नै हो ज्वरो आउने अनि टाउको दुख्ने लक्षणहरु देखिन थालेको ।”

- Advertisement -

“लक्षण देखिना साथ घरमै आईसोलेसन बसें । हामी घरमा दुईजना छौँ । श्रीमान्, श्रीमती । छुट्टै बस्थ्यौं” उनी अघि थप्छन्, “ज्वरो आएको पाँच दिनसम्म चुप लागेर घरमा बसेको त पक्कै होईन । नारायणी अस्पतालका चिकित्सकहरुसँग नियमित परामर्शमै थिए । चिकित्सकले भने अनुसारको औषधी र सावधानी अपनाउँदै थिए ।”

- Advertisement -Trulli

लक्षण देखिना साथ घरमै आईसोलेसन बसेका पत्रकार नवराज फुँयालको गत भदौ १ गते परीक्षणका लागि स्वाब दिए । २ गते परिक्षण रिपोर्ट पोजिटिभ आयो । उनी हाल नारायणी अस्थायी बीरगन्ज हेल्थ केयर कोभिड अस्पतालको आईसोलेसनमा उपचाररत छन् ।

आईसोलेसनबाट पत्रकार नवराज भन्छन्, “स्वास्थ्य अवस्था सामान्य छ । कोरोना जितेरै फर्किनेमा विश्वस्त छु ।”

“यसपूर्वको दैनिकी, कर्मथलो र पियारीको सम्झनाले बेलाबेलामा सताउँछ” उनी भन्छन् तर मन भुलाउने माध्यम फोन संवाद बनाउनुको बिकल्प छैन । “साँझपख आईसोलेसनमा यहाँ उपचाररत रहेकाहरुले नाचगान पनि गर्ने रहेछन् । जे होस्, पिडाको महशुस नहुने रहेछ । रमाईलै छ, आईसोलेसन बसाई ।”

उनको रिपोर्ट पोजिटिभ आउँदा उनी होम आईसोलेसनमै थिए । घरबेटीले पनि घर छोड्न दबाब दिएका थिएनन्, अरे । तर, छिमेकीहरुकलाई उनको बसाई मन परेको थिएन भन्ने भान नवराजलाई भईसकेको थियो ।

उनी भन्छन्, “छिमेकीहरुबाट घरभेटिलाई एक किसिमको दबाब पर्न सुरु भईसकेको थियो । संक्रमण फैलिन्छ भन्ने डर थियो, छिमेकीहरुमा । त्यसपछि एसपी साबलाई फोन गरेर आईसोलेसन पुगें ।”

समस्या आईपरेमा फुटेर होईन् जुटेर लड्नुपर्छ भन्ने भनाई छ । तर, नवराजका अनुसार महामारीको यो बेलामा यो भनाई काम लाग्दैन ।

“यस्तो बेलामा त, जुटेर होईन् फुटेर लड्नुपर्छ । यस्तो बेलामा जुट्ने हो भने त संक्रमण कहिल्यै अन्त्य हुँदैन”, उनी भन्छन्, “मलाई लक्षण देखिंदा घरमा हामी श्रीमान् श्रीमतीसँगै थियौँ । यदि जुटेरै बस्या भए त उनी पनि संक्रमित हुने थिईन् । हामी फुटेरै बस्यौँ । छुट्टाछुट्टै । उनमा संक्रमण छैन । यो बेलामा मानसिक र भावनात्मक रुपमा एक जुट भए पनि भौतिक रुपमा फुट्नुको विकल्प छैन है ।”

पत्रकार नवराजले आईसोलेसन बसाई रमाईलो भईरहेको भनिरहेका बेला अर्का एक जना पर्सेली पत्रकारले भने आफु आजित भईसकेको प्रतिक्रिया दिएका छन् ।

“दिनभरि कामको सिलसिलामा डुलिरहनु पर्थ्याे, कार्यक्रमहरु उत्पादन र सञ्चालन गर्नुपर्थ्यो । अहिले दिनभरी आईसोलेसनमा बस्दा बस्दा आजित भईसके”, पत्रकार हेमन्त तामाङ भन्छन्, “कहिले युट्युब त कहिले फेसबुक । कहिले टिभी त कहिले फोन । दिनचर्या यस्तै छ अचेल ।”

भदौ ५ गते संक्रमण पुष्टि भईसकेपछि उनी होम आईसालेसनमा छन् । नारायणी अस्पतालका चिकित्सकको निगरानीमा होम आईसोलेसनमै बसेको उनी बताउँछन् ।

“मलाई कुनै लक्षण देखिएको छैन । चिकित्सकको निगरानीमा घरमै आफुलाई आईसोलेट गरिरहेको छु । लक्षण नदेखिएपछि अस्पतालको बेड मैले ओगट्नुभन्दा त्यो बेडमा लक्षण देखिएकालाई राख्नु उपयुक्त हो । त्यही भएर पनि घरमै छु”, हेमन्त भन्छन्,”घरमा रहँदा लापरवाही भने गरेको छैन । पूर्ण एकान्तबासमा छु । प्रतिरोधात्मक क्षमता बढाउने औषधी र पोषिलो खाना खादैँछु । ठिक छु ।”

आधारभुत सावधानीहरु पूर्ण रुपमा अवलम्बन गर्दा पनि आफु संक्रमित भएको पत्तै नभएको हेमन्त भन्छन् । होम आईसोलेसनमा रहेका हेमन्त पनि कोरोनालाई परास्त गर्नेमा विश्वस्त छन् ।

“कोरोनालाइ परास्त गर्छु । यसमा कुनै शंका छैन”,उनी खुशी हुँदै अघि भन्छन्, “कुनै शर्तमा रेडियोको प्रसारण रोकिनु हुँदैन भन्ने अठोट थियो र छ पनि । आफु संक्रमित हुँदा पनि सहकर्मीहरुले मेरो अठोटमा आँच आउन दिएका छैनन् । रेडियोको प्रसारण एक मिनेट पनि अवरुद्ध भएको छैन । खुशी लाग्या छ । अन्य सहकर्मीहरुले घरबाटै कार्यक्रम सञ्चालन गर्दैछन् । मैले पनि त्यस्तै गर्नुपर्ने सोचमा छु ।”

यता, विगत ७ दिन देखि आईसोलेसनमा उपचाररत रहेका पत्रकार राजन रौनियार पनि कोरोनालाई परास्त गर्नेमा विश्वस्त छन् । उनी भन्छन्, “आत्मविश्वास र मनोबल कतै पनि डगमगाएको छैन । जीवनका अनेकन समस्या समाधान गर्न यहि आत्मविश्वासले मलाई सघाएको छ ।” आफ्ना शुभचिन्तकहरुलाई सम्बोधन गर्दै उनले भने, “कोरोना विरुद्धको लडाईमा पनि विजेता म नै हुनेछु । ढुक्क हुनुस् ।”

“टेलिभिजन रिर्पोटिङ्गका लागि चाहिने भिडियो सामाग्रीका लागि प्रत्यक्ष पुग्नै पर्ने । नगएर पनि हुुँदैन । जाँदिन भन्न पनि मिलेन । कर्तव्यपालन गर्नै पर्यो । यसै क्रममा संक्रमणले छोएको हुनुपर्छ”, राजन भन्छन्, “छपकैयामा एक महिलाको मृत्यु हुँदा मैले उनको परिवारसँग अन्तर्वार्ता लिएको थिए । पछि तीनैमा संक्रमण पुष्टि भयो ।”

कर्तव्य निर्वाह गर्दागर्दै संक्रमित भएका पत्रकार राजनको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख छ । सुरुका दिनमा अवस्था प्रतिकुल भएपनि हाल आफ्नो स्वास्थ्य सुधारका क्रममा रहेको उनी भन्छन् ।

“सुरुका दिनमा श्वासप्रश्वासमा समस्या भयो । चौथो दिनसम्म आउँदा ठिक भयो । अहिले फेरि समस्या देखिएको छ । चिकित्सकको निगरानीमा छु ।”

पत्रकार राजनसहित उनका परिवारका ३ सदस्यमा पनि कोरोना पुष्टि भएको छ ।

निको भएर चाँडै कार्यक्षेत्रमा फर्किने उनी बताउँछन् ।

 

- Advertisement -

ताजा समाचार

रौजा मजार सौन्दर्यीकरणको शिलान्यास १२ करोडको लागानीमा धार्मिक पर्यटकीय गन्तव्य बनाइने

जनकपुरधाम, १७ मंसिर । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत महोत्तरीको रौजा मजार सौन्दर्यीकरण योजनाको शिलान्यास गरिएको छ ।जसपा कार्यकारिणी अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव,...

जीतपुर सिमरा उपमहानगरको रसिद किर्ते गरि कर संकलन गर्ने एक पक्राउ

बारा, १७ मंसिर - बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको रसिद किर्ते गरि कर संकलन गर्ने एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बीरगन्ज महानगरपालिका...

जगदम्बाको फलाम गलाउने भट्टी पड्किएर घाईते भई उपचाररत एक मजदुरको मृत्यु

बारा, १७ मंसिर- फलाम गलाउने भट्टी पड्किएर घाईते भई उपचाररत जगदम्बा स्टिलकका एक मजदुरको मृत्यु भएको छ । घाईते भएका चारजना मध्ये सर्लाही सकरोल गाउँपालिका...

सन्दर्भ : ३३ औं विश्व एड्स दिवस !

‘एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी’ भन्ने नाराका साथ मंगलबार ३३ औं विश्व एड्स दिवस, विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाईएको...

नेकपाको अहिलेको झगडा मूलतः सत्ता केन्द्रित भएको नेका नेता महतको टिप्पणी

बीरगन्ज, १७ मंसिर - नेपाली काँग्रेसका सह–महामन्त्री डा.प्रकाश शरण महतले सत्तारुढ दल नेकपाको अहिलेको झगडा मूलतः सत्ता केन्द्रित भएको टिप्पणी गरेका छन् । बीरगन्ज आईपुगेका...

थप समाचार

- Advertisement -