spot_img

छिन्नमस्ता गाउँपालिकाबाटै कर सेवा सुरु, राजविराज धाउन नपर्ने

spot_img
spot_img

सप्तरी,०१ असार । छिन्नमस्ता गाउँपालिका ले करदाता सेवा कार्यालय सञ्चालनमा ल्याउँदै अबदेखि करसम्बन्धी सम्पूर्ण सेवा आफ्नै कार्यालयबाट उपलब्ध गराउने व्यवस्था सुरु गरेको छ।

यसअघि करदाता सेवा कार्यालय राजविराज बाट प्रदान हुँदै आएका सेवाहरू अब गाउँपालिकामै उपलब्ध हुन थालेपछि स्थानीयवासीलाई करसम्बन्धी कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको हो।

गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी का अनुसार अब व्यवसायिक प्यान, व्यक्तिगत स्थायी लेखा नम्बर (PAN) तथा कर चुक्ता प्रमाणपत्र जस्ता सेवा सहज रूपमा गाउँपालिकाबाटै प्राप्त गर्न सकिनेछ।

उनले स्थानीय तहबाटै सेवा प्रवाह हुँदा नागरिकको समय, यातायात खर्च र अतिरिक्त झन्झट घट्ने बताउँदै यसलाई नागरिकमैत्री प्रशासनतर्फको महत्वपूर्ण कदम भनेका छन्।

नेपाल सरकारको नीति अनुसार स्थानीय तहबाटै प्यान वितरण र आन्तरिक राजस्वका केही सेवा विस्तार गर्ने कार्यक्रमअन्तर्गत यो सेवा सुरु गरिएको गाउँपालिकाले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय