spot_img

एमालेभित्र मतभेद नभएको महासचिव पोखरेलको दाबी

spot_img
spot_img

काठमाडौं,०१ असार । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र कुनै प्रकारको मतभेद वा विवाद नरहेको बताएका छन्। सोमबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टी पुनर्गठनका लागि गठन गरिएको कार्यदलले हाल विभिन्न तहबाट सुझाव संकलन गरिरहेको जानकारी दिए।

उनका अनुसार प्राप्त सुझावका आधारमा पार्टीलाई अझ प्रभावकारी, संगठित र जनमुखी बनाउने उद्देश्यसहित पुनर्गठन प्रक्रिया अघि बढाइनेछ। उनले पार्टीलाई थप मजबुत बनाउन शुद्धिकरण, सुदृढीकरण र पुनर्जागरणलाई मुख्य आधार बनाइएको बताए।

महासचिव पोखरेलले पार्टी पुनर्गठनको निर्णय संस्थागत रूपमा भइसकेको उल्लेख गर्दै कार्यदलले आफ्नो प्रतिवेदन नबुझाउँदै एमालेभित्र विवाद रहेको भन्ने प्रचार तथ्यहीन भएको दाबी गरे। कार्यदलको निष्कर्षपछि पार्टी अझ एकताबद्ध, सुदृढ र जनतासँग निकट हुने विश्वास उनले व्यक्त गरे।

सरकारको निरन्तरतासम्बन्धी विषयमा बोल्दै उनले सरकारलाई ‘अविच्छिन्न उत्तराधिकार संस्था’का रूपमा हेर्नुपर्ने धारणा राखे। अघिल्ला सरकारका काम र उपलब्धिबाट पूर्ण रूपमा अलग हुने सोच संसदीय प्रणालीको मूल मर्मविपरीत हुने उनको तर्क थियो।
त्यसैगरी, उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउने विषयमा व्यापक सहमति रहेको उल्लेख गर्दै उक्त व्यवस्थालाई कमजोर बनाउने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पारे।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय