आइफोन १२ ल्याउने एप्पलको तयारी, यस्तो हुनेछ मूल्य र फिचर !

spot_img

काठमाडौं । एप्पलले ‘आइफोन १२’ ल्याउने तयारी थालेको छ । सेप्टेम्बर महिनामा एप्पलले जहिल्यै आफ्ना नयाँ उत्पादनहरु सार्वजनिक गर्छ ।

तर यसपटक कोरोना महामारीका कारण नयाँ सामग्री सार्वजनिक गर्न ढिलाई गर्छ र गर्दैन भन्ने कुनै जानकारी दिएको छैन।

यद्यपी एप्पलले यसैवर्ष आफ्ना नयाँ उत्पादनहरु विश्वबजारका लागि खुला गर्ने अपेक्षा गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्राय आइफोन र एप्पलसँग सम्बन्धित लेखहरु लेखिरहने म्याकरुमर्सले आइफोन १२ को फिचरबारे जानकारी दिएको छ।
आइफोन १२ को चारवटा मोडल हुने चर्चा चलेको छ। जसमा आइफोन १२ को डिस्प्ले ५.४ इन्चको हुने अनुमान छ।

यस्तै आइफोन १२ म्याक्स र १२ प्रोको डिस्प्ले समान ६.१ इन्चको हुनेछ। त्यस्तै आइफोन १२ प्रो म्याक्स ६.७ इन्चको हुने अनुमान छ।

आइफोन १२ मोडलका फोनको मूल्य आइफोन ११ मोडलकाभन्दा कम मूल्यबाट सुरुवात हुनेछ। ६ सय ९९ अमेरिकी डलरबाट नयाँ आइफोन किन्न सकिने बताइएको छ। फोनमा चारवटासम्म क्यामेरा हुनेछ ।

spot_img

ताजा अपडेट

लोकप्रिय