21 C
Kathmandu
33.9 C
Birgunj

कोरोनामुक्त भए नेता गुप्ता : “नियमित व्यायाम, पर्याप्त आराम र उच्च आत्मविश्वासले जितायो कोरोना”

  • 248
    Shares

सिफारिस

बीरगन्जमा चार संक्रमितको मृत्यु

बीरगन्ज, ४ असोज।  बीरगन्जमा एकैदिन चार संक्रमितको मृत्यु भएको छ । पर्साका २ जना, बाराका १ जना र रौतहटका १ जना गरी चार जनाको...

नयाँ बाटो बनेपछि जग्गाको मूल्य आकाशियो, प्रतिकठ्ठा ३० हजार रुपैयाँबाट ३० लाख

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाको अलौ र्सिसियास्थित आईसिपी पुग्ने नयाँ बाटो निर्माण भएपछि बाटो वरिपरिको क्षेत्रमा जग्गाको मूल्य ह्वातै बढेको छ।आईसिपीसम्म पुग्ने चार लेनको बाटो निर्माण...

“भीडभाड नै गरेर भएपनि तिर कर, छैन कोरोनाको कुनै डर, सिडियो साबको निर्देशको भएन भर”

बीरगन्ज, ४ असोज - पर्सामा आगामी असोज १५ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइए पनि सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय, संघसंस्था तथा व्यापार व्यवसाय गर्न दिने...

पर्साको छिपहरमाईमा दुई जना मृत फेला

पोखरिया, ४ असोज- पर्साको छिपहरमाई गाउँपालिकामा आज दुई जना मृत फेला परेका छन् । सो गाउँपालिकाको वडा नं. ४ बन्जारीमा आज बिहान एक जनाको शव...
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

नेपाल कम्युनिष्ट पार्टी पर्सा जिल्ला सदस्य प्रभाकर गुप्ता कोरोना मुक्त भएका छन् । संक्रमण पुष्टि भएको १२ औँ दिनमा गरिएको परिक्षणमा उनमा कोरोना नेटेगिभ देखिएको हो ।

- Advertisement -
    

यसअघि संक्रमितको क्लोज कन्ट्याक्टमा आएका नेता गुप्ता परिक्षण अगावै होटेल क्वारेन्टाइन बसेका थिए । होटेल क्वारेन्टाइन बसेको ५ औँ दिनमा कोरोना पोजिटिभ देखिएपछि आफु होम आईसोलेसन बसेको उनी बताउँछन् ।

- Advertisement -

नेपालपोष्टसँग कुराकानी गर्दै नेता गुप्ताले भने, “एक जना दाईसँग नियमित सम्पर्कमा थिए । पछि उनमा कोरोना पुष्टि भयो । आफुमा पनि संक्रमण हुन सक्ने भन्दै घर नगएर होटेलमा क्वारेन्टाइन ७ दिन बसे । ५ औँ दिनमा संक्रमण पुष्टि भयो, अनि होम आईसोलेसनमा सरे ।”

चिकित्सकको सल्लाह अनुसार आफु होम आईसोलेसन बसेको उनको भनाई छ । कोरोनाको कुनै लक्षण नदेखिएका कारण होम आईसोलेसन बसेको उनी बताउँछन् । होम आईसोलेसन बस्दा आधारभुत सावधानीका अपनाउनुका साथै प्रतिरोधात्मक क्षमता उच्च बनाउने औषधी र पोषिलो खाना नियमित सेवन गरेको अनुभव उनले सुनाए । उनका अनुसार नियमित पोषणयुक्त खाद्य सामाग्रीको सेवन गर्ने हो भने कोरोनाले छुनै सक्दैन ।

१९ दिनको आईसोलेसन बसाईका क्रममा प्रतिरोधात्मक क्षमता उच्च बनाउने औषधी र पोषिलो खाना सेवन गरेका कारण नै आफु १२ औँ दिनमा संक्रमणमुक्त भएको उनको प्रतिक्रिया छ । साथै संक्रमण अवधिभरि स्वास्थ्य अवस्था पनि सामान्य रहेको उनले भने ।

“आईसोलेसनमा रहँदा भिटामिन सि र भिटामिन डिको सेवन गरे । साथै, पोषणयुक्त खाना खाए । नियमित व्यायाम, पर्याप्त आराम र, उच्च आत्मविश्वास”, नेता गुप्ता भन्छन्, “यति गर्दा त स्वास्थ्यमा कुनै समस्या आएन । १२ दिनसम्म चलेको मेरो र कोराना बिचको युद्धमा त विजयी म नै भए ।”

रोग विरुद्धको प्रतिरोधात्मक क्षमता उच्च बनाउन नरिवलको पानी र मौसमीको जुस उपयोगी हुने उनको धारणा छ । प्रतिरोधात्मक क्षमतालाई प्रभावकारी बनाउन युट्युबमा भेटिएको नरिवल पानी र मौसमीको जुसको विधीले आफुलाई कोरोनामुक्त हुन निकै सहयोगी भुमिका निर्वाह गरेको उनी बताउँछन् ।

आईसोलेसनमा बस्दा पट्यार लागेन ? समय कसरी बिताउनुभयो ? भन्ने प्रश्नमा उनी भन्छन्, “समयतालिका बनाएको थियो । कुन समयमा के गर्ने भन्ने कुराको लेखाजोखा गरिसकेको थिए । व्यायाम, आराम र मनोरञ्जनलाई केन्द्रमा राखेर बनाएको तालिकाले पट्यार लाग्न दिएन । आजित हुन दिएन । साथै, आईसोलेसनबाटै फेसबुकका लाईभ विभिन्न कार्यक्रममा सहभागी भए । पट्यार लाग्ने कुरै छोडौ, समय बितेको थाहै भएन ।”

आईसोलेसनमा रहँदा नेता गुप्ता सामाजिक सञ्जालमा निकै सक्रिय थिए । फेसबुक लाईभबाट आयोजना भएका विभिन्न कार्यक्रममा सहभागि भएर उनले आईसोलेसन बसाईको अनुभव र आफुले अवलम्बन गरेको सुरक्षा सावधानीका उपायहरु सुनाईरहेका हुन्थे ।

कोरोनासँग जोडिएका विभिन्न अफवाहरु फैलाइएको उनी बताउँछन् । अफवाहहरुका कारण पनि कोरोनाबारे आमजनमानसमा अनावश्यक त्रासको सृजना भएको उनको भनाई छ ।

उनी भन्छन्, “छुँदै कोरोना सर्दैन । जब संक्रमित व्यक्तिले खोक्ने अथवा हाच्छ्यू गर्ने गर्छ, त्यसबेला सासको माध्यमबाट सो भाइरस अर्को व्यक्तिमा सर्ने गर्छ । संक्रमित व्यक्तिको नजिक जाँदा सासको माध्यमबाट यो भाइरस जो कोहीको शरीरमा पनि प्रवेश गर्न सक्छ । कहिलेकाहीँ यस्ता कण कपडा‚ दराजको ह्यान्डिल र सामानमाथि पनि झर्न सक्छन् । त्यस्ता स्थानमा कसैले आफ्नो हात पु¥याए र त्यो हातले आफ्नो नाक‚ आँखा र मुख छोएमा पनि संक्रमण फैलन सक्छ ।”

संक्रमितको उपचारमा बीरगन्जमा व्याप्त रहेका समस्या देख्दा आफु दुखित भएको उनी भन्छन् । संक्रमणमुक्त भईसकेपछि अब आईसोलेसनमा रहेका अन्य संक्रमितहरुको हौसला वृद्धि गराउने बाटोमा लाग्ने नेता गुप्ताको भनाई छ । संक्रमितलाई अस्पतालसम्म पुर्याउने बन्दोबस्ती मिलाउने तर्फ आफु उन्मुख हुने उनले भने ।

- Advertisement -

ताजा समाचार

भारतमा कोरोना संक्रमितको तिव्र वृद्धिबीच ताजमहल खुल्यो

आग्रा । भारतमा कोरोना भाइरसका संक्रमितको संख्या बढे पनि उत्तर प्रदेशको आग्रास्थित ताजमहल र केही विद्यालयहरु स्थानीय प्रशासनले खुला गरेको छ। भारतमा कोभिड–१९ बाट संक्रमितको...

राष्ट्रिय मानव अधिकार आयोग सातै प्रदेशका कारागारको अनुगमन गर्दै

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को महामारीको अवस्थामा कैदीबन्दीको स्वास्थ्यको अधिकार सम्बन्धमा अनुगमन सुरु गरेको छ । आयोगका सदस्य सुदिप पाठक नेतृत्वको असोज...

वामदेव गौतमको नियुक्ति खारेज गर्न माग गर्दै सर्वाेच्चमा रिट दर्ता

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा गरिएको नियुक्ति बदर गर्न माग गर्दै सर्वाेच्च अदातमा रिट निवेदन दर्ता भएको छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले...

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन गर्न मुख्यमन्त्री राउतको माग

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारलाई निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन गर्न माग गर्दै पत्र पठाएका छन् । प्रदेश...

कार्तिक ७ गतेभित्र ‘क्लिन फिड’ लागु गर्न सरकारलाई निर्देशन

काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले आगामी कात्र्तिक ७ गतेसम्म विदेशी च्यानलहरुलाई विज्ञापनरहित (क्लिन फिड) लागु गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार सञ्चार...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -

थप समाचार

- Advertisement -