spot_img

बाँकेमा थप एक संक्रमितकाे मृत्यु

spot_img
spot_img

नेपालगञ्ज । बाँकेमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का ३७ बर्षीय पुरुष रहेका छन् । उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयोे ।

स्वास्प्रस्वासमा समस्या भएपछि उनी सोमवार विहान १० बजे अस्पताल भर्ना भएका थिए । उनको सोमवार नै पीसीआर परीक्षणका लागि स्वाब लिइएको थियो । हिजो दिउँसो तीन बजे आएको रिपोर्टमा उनमा कोरोना देखिएको थियो । अवस्था गम्भीर भएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको गएराति साढे १ बजे मृत्यु भएको हो । संक्रमित ती विरामीको दुवै फोक्सोमा निमोनिया भएको अस्पतालले जनाएको छ ।

बाँकेमा अब कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यसअघि नेपालगन्ज, कोहलपुर, नरैनापुर र बैजनाथमा एक एक जनाको मृत्यु भएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय