एजेन्सी । कोरोनाको प्रभावले विश्वकै फिल्म उद्योग अहिले चलायमान हुन् सकेको छैन । चाइना र अमेरिकामा केहि फिल्म हलमा खोलिएको छ । यद्दपी पहिलेको अवस्थामा फिल्म उद्योग फर्किन सकेको छैन । भारतको कुरा गर्ने हो भने विस्तारै चलायमान हुदैछ । फिल्मको प्रदर्शन नभएपनि छायांकन भने सुरु भइरहेको छ ।
भारतको प्रतिक्षित फिल्म मध्य एक ‘केजिएफ स् च्याप्टर २’ छायांकन सुरु गरिएको छ । सरकारले दिएको निर्देशन अनुसार सावधानी अपनाउदै छायांकन सुरु गरिएको निर्माण समुहले बताएको छ । झन्डै दुइ हप्तामा छायाँकन सकाउने लक्ष्यले काम थालिएको फिल्ममा प्रकास राजको इन्ट्री भएको छ ।
भारतीय फिल्ममा भिलेनको रुपमा चर्चा कमाएका प्रकासले सेट ज्वाइन गरेका छन् । यसको तस्बीर उनि स्वयंमले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् । सन् २०१८ को डिसेम्बरमा रिलिज भएको फिल्म ‘केजीएफ’ मार्फत यसका लिड एक्टर यश स्टार बनिसकेका छन् ।
फिल्मको ट्रेलर देखि नै चर्चामा रहेका यशले रिलिजपछी फ्लोअर्स बढाउँन सफल भए । फिल्म मार्फत उनको स्टारडम बढिरहदा यसको सिक्वेललाई लिएर फ्यान प्रतिक्षित हुनु स्वाभाविक नै हो ।

