नेपालगञ्ज, १३ भदाै । आईतबार नेपालगञ्जमा कुनै कर्फयु आह्वान नगरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले बताएका छन् ।
बजारमा कर्फयुका बारेमा हल्ला मात्र रहेको उनले प्रष्ट पारे ।
मुस्लिम समुदायको आगामी पर्व महोर्रम पनि उनले घरमै मनाउन आग्रह गरेका छन् । मुस्लिम समुदायको बाहुल्य रहेको नेपालगञ्जमा मेहार्रम मनाउन घर ननिस्कन उनले अनुरोध गरे । बाहिर आएर पर्वका नाममा भिडभाड गरेको फेला परे कानुन बमोजिम आवश्यक कारबाही गर्ने उनले स्पष्ट पारेका छन् ।




