spot_img

समाजसेवामा डाक्टर प्रतीक श्रेष्ठ ! मास्क, चाउचाउ तथा पानी वितरण गर्दै

spot_img
spot_img

नेपालगन्जस्थित गणपति डेन्टल क्लिनिकका‌ संचालक डाक्टर प्रतीक श्रेष्ठले कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य तथा जलपान सामाग्री वितरण गरेका छन् ।

यो अभियानमा क्लिनिकले शनिवार आफ्नै कार्यालय अगाडी सडकमा हिड्ने सर्वसाधरणलाई मास्क, चाउचाउ तथा पानी वितरण गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार, करिव चार सय जनालाई मास्क वितरण गरिएको छ । कोरोन भाइरस महामारीकाबीच फ्रन्टलाइनमा खटिएर जनताको सेवामा अहोरात्र खटिएका सुरक्षाकर्मीलाई थोरै भएपनि राहात पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा जलपान सामाग्री वितरण गरिएको उहाँको भनाइ छ ।

यसअघि क्लिनिकले जमुनाह नाका देखि धम्वोजीसम्म सडकमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई एन ९५ मास्क, सेनिटाइजर, सर्जिकल ग्लव्स, ग्लूकोन डी, विष्कुट र पानी वितरण गरेको थियो ।

यो अभियानमा जावेद खाँन र वसिम अनसारीले सघाइरहेका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय