spot_img

कांग्रेस संसदीय दलको नेताको निर्वाचन ११ गते

spot_img
spot_img

काठमाडाै,०७ वैशाख । नेपाली कांग्रेसको संसदीय दलको नेता चयन अब वैशाख ११ गते हुने भएको छ।

सहमहामन्त्री प्रकाश स्नेही रसाइली नेतृत्वको निर्वाचन समितिले आजै निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ।

समितिकी सदस्य तथा केन्द्रीय सदस्य मुना भुसालका अनुसार ११ गते नै निर्वाचन गर्ने गरी तालिका तयार भइरहेको छ। उनका अनुसार ९ गते दलको विधान संशोधनसम्बन्धी छलफल गरी सोही दिन पारित गर्ने योजना पनि छ।

प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद रहेका छन्। अन्य दलहरूले आफ्नो संसदीय दलको नेता चयन गरिसक्दा पनि

कांग्रेसले अझै चयन गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ। दलको नेताका लागि भीष्मराज आङदेम्बे र अर्जुननरसिंह केसी लगायतका नेताहरू आकांक्षी रहेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय