20 C
Kathmandu
24.9 C
Birgunj

उद्दण्ड भयो प्रहरी प्रशासन, “अपराध कबुल गरिनस् भने मार्दिन्छु” भन्दै लिए विजयको ज्यान

  • 104
    Shares

सिफारिस

सीमा बन्द आवातजावत जारी, यही कमजोरी फेरि पर्ने भो भारी !

बीरगन्ज, ७ असाेज । सर्वसाधारणको जनजिवन सहज पार्न सरकारले लामो दुरीका यातायात तथा आन्तरिक उडान सुरु गरेसँगै संक्रमणको जोखिम बढेको छ । लामो समयदेखि...

मन्त्री सोनलले भने – पहिला पार्टीमा आउनुस, अनि मात्रै योजना पास हुन्छ

बीरगन्ज १० असोज । प्रदेश नं. २ का भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री जितेन्द्र सोनलले मन्त्रालयको योजना पास गर्नका लागि स्थानीय तहका अध्यक्षलाई...

४ जनाको समुहले रौतहटमा तिवारी दम्पतीमाथि आक्रमण

रौतहट– रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा महेश तिवारीको दम्पतीमाथी ४ जनाको समूहले खुकुरी र खुँडाले अन्धाधुन्ध प्रहार गर्दा महेशकी पत्नि जगरामी देवीको मृत्यु...

रोट्रायक्ट क्लब अफ बीरगन्ज मेट्रोपोलिसको चौथो पद हस्तान्तरण कार्यक्रम सम्पन्न

बीरगन्ज, १० असाेज । रोट्रायक्ट क्लब अफ बीरगन्ज मेट्रोपोलिसको चौथो पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको क्लबको चौथो...
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १५ भदाै ।

- Advertisement -
    

एक जना खराब व्यक्तिका कारण सिंगो संस्था बदनाम हुनु हुँदैन ।

- Advertisement -
    

सुरक्षा निकायलाई आलोचना गर्नु आफैमा दुर्भाग्य हो । हत्तपत्त सुरक्षा निकायलाई आलोचना गर्नु पनि हुँदैन । तर, पछिल्लो समय नेपालमा सुरक्षा निकायले गर्ने हर्कत अत्यन्तै डर लाग्दो छ ।

गत साउन ३१ गते गरुडा नगरपालिका–८ जिगडिया स्थित फलफुल नर्सरीमा कार्यरत १७ बर्षिय निरञ्जन रामको घाटी रेटी हत्या गरेको आरोपमा रौतहटको १९ वर्षका विजय महरालाई प्रहरीले पक्राउ गर्यो । उनी हत्यारा हुन् या होईनन् अझै प्रमाणित भईसकेको छैन । सात जना पक्राउ गरिएका मध्ये एक जना १९ वर्षका जवानलाई कुटीकुटी हत्या गरिएको छ । उनले अस्पतालमा दिएको बयानले पनि प्रहरीले कुटेरै मारेको देखिन्छ ।

त्या अभियोगमा विजयलाई पक्राउ गरिएपनि प्रहरीले उनी अपराधी नै हुन् भनेर किटान गर्न सकिरहेको छैन । अनुसन्धानका लागि उनलाई हिरासतमै लिईन्छ र अचानक उनको शव बाहिर आउँछ, स्थानिय आतंकित हुन्छन् ।

प्रहरी हिरासतमा मृत्यु भएका रौतहटका महराको अस्पतालको बेडबाट भिडियो बाहिरीनु अगाडी सम्म प्रहरीले उनको दुबै मृगौलाले काम गर्न छाडेपछि मृत्यु भएको दाबी गरेको थियो । तर, उनको बोली नै भिडियो मार्फत सार्बजनिक भएपछि प्रहरी यतिखेर आफुलाई जोगाउने प्रयासमा रहेको छ । प्रहरी हिरासतमा कुटपिट बाट मृत्यु भएको बिषय लाई दलित अधिकारकर्मीले हत्या भएको दाबी गरेका छन् ।

अस्पतालको शैयाबाट भिडियोमा विजयले बोलेका शब्दहरु अत्यन्तै मार्मिक छन् ।

उनले भिडियोमा भनेका छन् “करेन्ट लगाईदिए हातमा । यो औँलामा हेर्नुस न । छट्पटाई रहेको थिए । पाईपले दुई दिन कुटे । अर्को दिन बाँसको लौरोले कुटे । जति गर्दा पनि अपराध कबुल गरिन अनि फलामको पाईपले कुटे । दुईजनाले बुटको जुत्ताले हाने ।” उनी भन्छन्, “अपराध भएको रात, म घरमै थिए । आमाबुवा बिच सामान्य विवाद भएको थियो । विवाद साम्य भयाे । त्यसपछि हामी सबजना घरमै थियौँ । अचानकै प्रहरी आयो अनि समाएर लग्यो । प्रहरीले मलाई भन्यो अपराध कबुल गर्दिनस् भने मार्दिन्छु । सिभिल ड्रेसमा थिए, तिनीहरु । नत्र नाम याद हुन्थ्यो मलाई । कबुल गरिनस् भने यहाँबाट तेरो लास बाहिर जान्छ । मैले कबुल गरिन । मैले मात्र भने मृतक मेरो मामाको छोरा हो । दिउँसो मैले उसलाई फोन गरेको थिए । यतिमै उनीहरुले ममाथि शंका गरे ।”

एउटा अपराधी नै किन नहोस् अपराध कबुल नगर्दा सम्म उसलाई नागरिकको हैसियतले सम्मानपुर्वक व्यवहार गरिनुपर्छ । ऊ अपराधी ठहर भईसकेपछि पनि मरणासन्न हुने गरि कुटपिट गर्न मिल्दैन । कानुनले यसलाई जेल सजाय गर्छ । तर, दुर्भाग्य रौतहटमा अपराध हुनु अगावै अभियुक्त भनिएकालाई प्रहरीले निर्मम कुटपिट गर्छ र अन्ततः उनले ज्यान गुमाउँछन् ।

यो हत्या हुँदै होईन र ? अनुसन्धान गर्न नसक्ने अनि बेकसुरलाई जबरदस्ती अपराध कबुल गर्न लगाउने ? कि वर्दीको दम्भमा को अपराधी, को निर्दोष छुट्टाउने मुस्किल पर्ने रहेछ ? कि पदोन्नतीका लागि जसलाई पनि कुट्न हुने?

अब सम्झनुहोस्, ती दोषी प्रहरीलाई पनि अपराधको कठघरामा उभ्याउनका लागि त्यसैगरि निर्मम तरिकाले कुटीकुटी अपराध कबुल गर्न लगायो भने के हुन्छ ?

अपराधको श्रृंखलालाई प्रहरीले नै बढावा दिनु दुर्भाग्य पुर्ण हो । अझ त्यसमाथिबाट पछाडि पारिएका समुदाय, जसले आफु उपर राज्यबाट पटक पटक विभेद भईरहेको भनिरहेको बेला प्रहरीको यो ज्यादतीले त्यो समुदाय उपर के बितिरहेको होला ? यो सोच्नु अत्यावश्यक छ । यो ज्यादतीको जिम्मेवारी कसले लिने ? जबाफदेहीको ?

यस्तो घटना हुनु बडो दुर्भाग्यपुर्ण विषय हो । झन् प्रदेशमा मधेशवादी दलको सरकार हुँदाहुँदै दलित समुदायले न्यायको अनुभुती गर्न नपाउनु भनेको सरकार उत्तरदायी नहुनु हो । अन्याय र अत्याचार खेपेकाले सरकारबाट न्यायको अपेक्षा गर्छन् । झन् आफ्नै क्षेत्रको मुद्दालाई केन्द्रिकृत गरि राजनिती गर्ने दलको सरकार भएपछि त न्याय प्राप्तीको आशा झन् बढी हुन्छ । तर, यहाँ त मृत्युको खरीद विक्रि हुन्छ । अन्यायलाई प्रशय दिईन्छ । न्यायका नाममा आश्वासन मिल्छ, यहाँ ।

मृत्यु भईसकेपछि प्रदेश सरकारले क्षतीपुर्तीका नाममा पाँच लाख रुपैँया पठाईसकेपछि आफ्नो जिम्मेवारी सकियो ठान्दछ होला, सायद । त्यही भएर होला धनुषाको सबैलाका शम्भु सदाका परिवारले पनि अझैसम्म पाँच लाख रुपैँया बाहेक केही पनि पाएका छैनन् । गत जेष्ठ ३२ गते धनुषाको सबैलामा प्रहरी हिरासतमै शम्भु सदाको मृत्यु भएको थियो ।
न्यायका नाममा मुख्यमन्त्रीले समवेदना प्रकट गरे, आश्वासन दिए र हिँडे । सक्कियो हैन त, जिम्मेवारी ?

अनुसन्धानको प्रक्रियालाई दु्रत गति दिएर दोषी प्रहरीलाई कारबाही गरेको भए, रौतहटमा सायद यस्तो घटना हुने थिएन होला ।

प्रदेशका महान्याविक्ताले कारबाहीका लागि पत्र काटेपनि कारबाही हुन्छ कि हुँदैन हेर्न अझै बाँकि छ ।

सुरक्षा निकाय उद्दण्ड होईन, सुरक्षा निकाय शालिन हुनुपर्छ र नागरिकलाई सुरक्षा दिनका लागि मैदानमा उत्रिनुपर्छ । गरिबका छातिमा बुट बजार्ने र धनीमानीको चाकडी गर्ने नेपाली सुरक्षा संयन्त्रको घिन लाग्दो परिपाटी अब परिवर्तन भएन भने सुरक्षा निकाय उपरको विश्वास ह्रास हुने विषयमा दुई मत नहोला ।

प्रहरीले नागरिकलाई साथी सम्झ्नुपर्छ, यो प्रहरीकै दाबी हो । र, नागरिकले पनि प्रहरीलाई साथी सम्झ्नुपर्छ, यो पनि प्रहरीकै आह्वान हो ।

नेपाल प्रहरीको रवैया परिवर्तन गरिनैपर्छ । लोकतान्त्रिक मुलुकमा जो कोहीलाई समाएर कुट्ने पाउने अधिकार कसैलाई हुँदैन । गुण्डागर्दि नै गर्ने हो भने, माथिको नियम काम नलाग्न सक्छ । पछिल्लो समय भएका केही घटनाक्रमहरुले नेपाल प्रहरीले गुण्डागर्दी शैली अपनाएको प्रष्ट हुन्छ ।

न्यायिक प्रक्रियामा निकै सुस्त रहेको नेपाल प्रहरीले केही केसलाई चाँडै टुंग्याएर क्षणिक प्रचारबाजीका लागि होला विजय जस्ताहरु उपर बर्बर्ता गरेको ।  अपराध जतिसुकै जघन्य भएपनि अपराधीलाई सजाय दिने अधिकार अदालतकै हुन्छ । नागरिकले कानुन उल्लंघन गर्न पाउँदैन । न प्रहरीले नै कानुन उल्लंघन गर्न पाउँछ । कानुनले स्वयम् पनि कानुन उल्लंघन गर्न पाउँदैन, यहाँ । सबै त्यही कानुनको परिधी भित्र छन् । कानुन एउटै हो ।

त्यसो भए विजय राम, शम्भु सदा, निर्मला पन्त जस्ताहरुलाई न्याय दिलाउन कानुन एउटै किन भएन ?

 

- Advertisement -

ताजा समाचार

गोरु काटेर खाएको आरोपमा तीनजना पक्राउ

झापा । गोरु काटेर खाएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीरबहादुर दनुवार...

यसरी समातियो ५ घण्टा लगाएर चितवनमा नरभक्षी बाघ

चितवन,११ असोज । चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्जले शनिबार साँझ...

दिगो विकासका लक्ष्य बारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

जनकपुरधाम, असोज ११ गते । जनकपुर : ओरेक नेपालको आयोजना र कायापलटको सहकार्यमा दिगो विकासको लक्ष्य हासिल गर्न युवा तथा किसोरिहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम...

कसले ल्यायो ३ अर्बको चिनी ?

चाडबाड नजिकिँदै गर्दा व्यापारीहरूले दुई महिनामै ३ अर्ब रुपैयाँभन्दा बढीको चिनी ल्याएका छन् । उद्योगीहरूले मौज्दात सकिन लागेको बताइरहँदा व्यवसायीले अस्वाभाविक रूपमा चिनी भित्र्याएका...

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको पहिलो जित

एजेन्सी । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा ब्राइटनलाई ३-२ गोल अन्तरले पराजित गर्दै युनाइटेडले पहिलो...

थप समाचार

- Advertisement -