ब्याट्री बढी भएको इन्फिनिक्सको सस्तो स्मार्टफोन नेपालमा

spot_img

ब्याट्री बढी भएको इन्फिनिक्सको नयाँ स्मार्टफोन इन्फिनिक्स हट नाइन प्ले नेपाली बजारमा उपलब्ध भएको छ ।

६.८२ इन्च आइपीएस एलसिडी डिस्प्ले रहेको यस फोनमा मिडिया टेकको हेलियो १२२ प्रोसेसर प्रयोग गरिएको छ । यस फोन एन्ड्रोइड टेन अपरेटिङ सिस्टममा आधारित रहेको छ ।

यो फोन २ जीबी र्‍याम र ४ जीबी र्‍याममा उपलब्ध रहेको छ । भने ३२ जीबी र ६४ जीबी इन्टरनल स्टोरेजमा उपलब्ध रहेको छ । इन्फिनिक्स हट नाइन प्लेमा १३ मेगापिक्सेलको रियर क्यामेरा रहेको छ । मोवाइलमा सेल्फी क्यामेरा ८ मेगापिक्सेलको छ ।

फिंगरप्रिन्टको सुविधा सहित यसमा ६ हजार एमएएचको ब्याट्री राखिएको कम्पनीले जनाएको छ । २ जीबी र्‍याम र ३२ जीबी इन्टरनल स्टोरेज रहेको इन्फिनिक्स हट नाइन प्लेको मूल्य ११ हजार ४९० रुपैयाँ रहेको छ । त्यस्तै ४ जीबी र्‍याम र ६४ जीबी इन्टरनल स्टोरेज रहेको इन्फिनिक्स हट नाइन प्लेको मूल्य १४ हजार ९९० रुपैयाँ रहेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय